Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

माओवादीले प्रदेशसभा बहिष्कार गरेपछि बैठक स्थगित

खबरडबली संवाददाता

सुर्खेत । नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाको आज बसेको बैठक बहिष्कार गरेपछि बैठक स्थगित भएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै उठेर नेकपा ९माओवादी केन्द्र० का प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई पूर्णतया बेवास्ता गरिएको आरोप लगाउनुभयो । 

“विगतमा पनि गठबन्धन सरकार थियो । सरकारको शैली, प्रक्रिया र गठबन्धनको निर्णयमा संयोजन हुन्थ्यो । त्यो अहिले गर्न किन भुल्नु भएको हो मुख्यमन्त्रीज्यू ?” भन्दै उनले बैठकमा प्रश्न गरे।  

प्रदेशसभा सदस्य शर्माले भने, “अघिल्लो सरकारले परिवर्तनका लागि नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने सहिद परिवारका लागि सहिद स्मृति भत्ता, घाइते अपाङ्गता भएका व्यक्तिका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न कार्यविधि बनाइयो र बजेटको पर्याप्त व्यवस्था गरियो तर सरकारले अहिलेसम्म त्यो कार्यान्वयनमा ल्याएन र बजेट फ्रिज भयो ।” 

संसदीय गतिविधिमा संसदीय दलको सहमतिमा संसदीय समितिका नेतृत्व सहमतिमै टुङ्ग्याइएको तर नेकपा माओवादीको केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व अहिलेसम्म विभिन्न बाहनामा नेतृत्वविहीन बनाइएको उहाँले जिकिर गरे । उनका अनुसार समितिको नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया बढाएर अन्तिम उम्मेदवारी दर्ता गर्न सचिवालयको टेबुल गएको बेला सचिवालयले माथिको आदेश भनेर रोकेको र आजसम्म त्यसलाई आलटाल गरेर राखिएको छ ।  

संसदीय समितिको बैठकमा कार्यसूची निर्माण, निर्णय प्रक्रिया नियमविपरीत भएको जनाउँदै उनले कतिपय निर्णय प्रक्रियामा असम्बन्धित क्षेत्रबाट हस्तक्षेप भएका कारण शान्ति तथा पुनःस्थापना, पर्वतीय विश्वविद्यालय दलित सशक्तिकरण, सिञ्जा सभ्यता, आमसञ्चार प्रतिष्ठान जस्ता महत्वपूर्ण विधेयक कार्यसूचीमै प्रवेश गर्न नसकेको जनाए । 

उनले सदनमार्फत सरकारलाई प्रश्न गर्दै भने, “संसदभित्रको बसाइमा हाम्रो दल सत्ता साझेदार मध्येको एउटा छुट्टै प्रमुख दल हो भन्ने अनुभूति नभएको जनाउँदै दलको नेता कहाँ बस्नुपर्छ भन्ने संसदीय प्रक्रियामा हामीले जानकारी नपाएको अवस्था हो र ? संसदीय व्यवस्थामा संसदीय दलहरु बसाइ प्रक्रिया कसरी व्यक्त हुनुपर्दछ ? अन्य दलको कार्यालय भइरहँदा के माओवादी दल नेताको कार्यालय हुनु आवश्यक छैन र रु किन अहिलेसम्म माओवादी दल नेताको कार्यालयको व्यवस्था गरिएको छैन ?”

सरकारले माओवादीलाई लतारेर लिन सकिन्छ भन्ने सोच त होइन भन्दै उनले संसद् र संसदीय समितिमा एकाधिकारवादी रवैया रहेको टिप्पणी गरे। यसले समग्र प्रक्रियामा माओवादीको भूमिका र जिम्मेवारीलाई कुण्ठित पारेर संसदीय विधेयकमा सांसदका धारणा प्रस्फुटित हुन सक्ने अवस्था नरहेको प्रदेशसभा सदस्य शर्माको भनाइ थियो । 

सरकार एकलौटी तरिकाले चल्न सकिन्छ कि भन्ने सोचबाट अगाडि बढेको आरोप लगाउँदै उहाँले माओवादीले उठाएका सवाल एवं विषयमा उपयुक्त छलफल तथा निष्कर्ष नआउञ्जेलसम्म सदनमा उपस्थित नहुने धारणा व्यक्त गरेपश्चात केन्द्रका सबै सदस्य सभाबाट बाहिरएका थिए । सत्ता गठबन्धनको प्रमुख दल माओवादी बाहिरिएपछि सभामुख राजबहादुर शाहीले बैठक स्थगित भएको घोषणा गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending