Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

डुम्रे–बेँशीसहर सडक खुले पनि जोखिम कायमै

खबरडबली संवाददाता

लमजुङ । गएरातिदेखि बाढीपहिराले  अवरुद्ध बनाएको डुम्रे बेँशीसहर सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँशीसहर नगरपालिका– १ उदिपुरको देउरालीडाँडा पहिराले अवरुद्ध बनेको सडकको पहिरो हटाएसँगै आज बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको हो ।  

लमजुङस्थित डुम्रे–बेँशीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्चुतविलास पन्तका अनुसार वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजारसम्म जोडिने यस भागमा माथिबाट लेदो आएर अवरुद्ध भागको लेदो निकालेसँगै पुनःसवारी सञ्चालनमा आएको हो । यहाँ एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको उहाँको भनाइ थियो । माथिबाट लेदो आएको थियो भने तल मस्र्याङ्दी नदीले कटान गर्दा सडक नै भासिएको थियो । 

सडक सञ्चालनसँगै सवारीसाधन आवतजावत गरिरहेपनि यात्रा भने कष्टकर भइरहेको छ । सो स्थानमा सवारीसाधन फस्ने र निकाल्ने गर्दै सवारी सञ्चालन हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् । माथिबाट कुनै पनि बेला पहिरो खस्न सक्ने र तल सडक नै भासिन सक्ने अवस्थामा रहेको बताइएको छ । उक्त स्थानमा सडक तल र मस्र्याङ्दी नदी माथि भागमा तारजाली हाल्न र व्यवस्थित बनाउन लागिएको कार्यालय प्रमुख पन्तको भनाइ थियो । गतवर्ष र गत असारको पहिलो  हप्ता गएको बाढीले डुम्रे बेँशीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थान वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै  आएको छ । सो सडक ४२ किलोमिटर दूरीको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending