Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

चितवनमा सवारी दुर्घटनामा परि १४० जनाको मृत्यु

खबरडबली संवाददाता

चितवन । जिल्लामा गत आर्थिक वर्षमा भएका विभिन्न दुर्घटनामा परी १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३० दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा १०६ पुरुष, ३३ महिला, ११ बालक र एक बालिका रहेका छन् । कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा ८१० सवारी साधन परेका छन् । 

सवारी साधनमा मोटरसाइकल ४१० रहेका छन् । जिप कार ११२ ट्रक, ट्याङ्कर १०३ वटा, बस ५७, शारीरिक शक्तिबाट चल्ने ५४ वटा, ट्र्याक्टर २२ दुर्घटना भएका छन् । टेम्पो २०, माइक्रो १६, टिपर आठ र अन्य सात सवारी साधन दुर्घटनामा परेको अधिकारीले जानकारी दिए। कार्यालयको तथ्याङ्कअनुसार २६५ गम्भीर घाइते भएका छन् भने ७०६ सामान्य घाइते भएका छन् । 

गत आवमा सवारी साधनले किचेर ३४ चौपाया मरेको कार्यालयले जनाएको छ । आव २०७७र०७८ मा जिल्लामा ४३५ दुर्घटना भएको थियो । ती दुर्घटनामा १२८ को मृत्यु भएको थियो भने २९० गम्भीर घाइते भएका थिए । छ सउ ६४ वटा सवारी साधन दुर्घटना हुँदा ४१३ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

सवारी दुर्घटना बढी हुनुमा मुख्य चार कारण रहेको कार्यालयका प्रमुख अधिकारीले बताए। मानवीय कारण, सडकको अवस्था, यान्त्रिक कारण र वातावरणीय कारण रहेका छन् । मानवीय कारणअन्तर्गत चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन र यात्रुको गल्ती रहेको छ । सडकको अवस्थामा घुम्ती मोड, उकालो÷ओरालो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड विपरीत सडक, साँघुरो सडक रहेका छन् । 

यान्त्रिक गडबडी, सवारीको अवस्था ठीक नहुनु, ब्रेक नलाग्नु, लाइट नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । हुस्सु, बाढीपहिरो, वर्षा, आँधीबेहरीका कारणले दुर्घटना हुने गरेको अधिकारीले जानकारी दिए । जिल्लामा मुख्य सडकमा भन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको भन्दै उहाँले यसलाई रोक्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए। गत आर्थिक वर्षमा भित्री सडकमा मात्रै २४२ दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गमा १२३, नारायणगढ मुग्लिन सडकखण्डमा ८५, शहरी सडकमा ४९ र पृथ्वी राजमार्गमा ३१ दुर्घटना भएको उहाँले बताउनुभयो । 

कार्यालयले गत आवमा ३८ हजार ६२२ सवारी साधनलाई कारबाही गरी रु तीन करोड ३० लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । एक वर्षमा ११ हजार २३१ मोटरसाइकललाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending