टीकापुर । कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का)को पानी प्रयोग गर्दै आइरहेका छन् । हिउँद होस् या बर्सात सधैँजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ । “हेर्दा सफा लाग्छ, त्यही भएर नल्काको पानी पिउने गरेका छौँ”, उनले भनिन्, “धेरै वर्षदेखि नल्काकै पानी पिउँछौँ, कसैलाई केही समस्या भएको छैन । बर्सातमा वर्षा बढी भएर वरिपरि पानी जम्दा भने अलि धमिलो आउँछ । धमिलो आए पनि त्यही पिउँछौँ ।”
भजनी नगरपालिका–५ पुलियापुर बाढी प्रभावित क्षेत्र हो । त्यहाँका बासिन्दा असार लाग्ने वित्तिकै हुलाकी सडक किनारामा पाल टाँगेर बस्ने गर्छन् । बर्सेनि असार लाग्दा सडकमा आउने र असोजको मध्यतिर फेरि बिग्रेको घर मर्मत गरी घर फर्कन्छन् । त्यहाँका १५ परिवारको बर्सातभरि सडकमै बास हुन्छ । नागरिकलाई शुद्ध पिउने पानी पिउन अपरिहार्य भए पनि उनीहरु पनि नल्काको पानी पिउने गरेका छन् । प्रभावित क्षेत्रकी रमा विकले सडकमा बस्दा शुद्ध पानी पिउन सम्भव नभएको बताइन् । “हुलाकी सडकमा बास छ, कसरी शुद्ध पानी पाउनु ?”, उनले भनिन्, “हामी त घाम, पानी, लामखुट्टेको टोकाइ सबै सहन सक्ने भएका छौँ । बर्सातमा सर्प, किराको डर त्यतिकै छ ।”
उनी बिरामी हुँदामात्र उमालेको पानी पिउने गरेको बताए । “सडककै किनारमा दाउरा बटुलेर आगो बालेर खाना पकाउँछौँ, यहाँ दाउरा, अन्नकै समस्या छ”, उनले भनिन्, “यस्तो बेला पानी शुद्ध पिउनुपर्छ भन्नेबारेमा ध्यान दिएर मात्रै पुग्दैन । हामी त भोक, प्यास मेटिए पनि रमाउँछौँ ।” टीकापुरकी सीता अधिकारीको परिवारले भने फिल्टरको पानी पिउने गरेका छन् । नल्काको पानी फिल्टरमा राख्ने, फिल्टर भएको शुद्ध पानीलाई बाल्टिङमा जम्मा गरी छोपेर राख्ने र आवश्यक परेका बेला त्यही पानी पिउने गरेको उनले बताइन् । “घरमा फिल्टर जडान गरेका छौँ, त्यही पानी पिउने गरेका छौँ”, अधिकारीले भनिन्, “पानीबाट धेरै रोग लाग्ने जोखिम हुने भएकाले हामी सचेत छौँ ।”
त्यस्तै, लक्ष्मीनारायण पोख्रेलको परिवारले भने पानीलाई इलेक्टोनिक जगमा तताएर प्रयोग गर्दै आइरहेकी छन् । सानो परिवार भएकाले जति बेला चाहे पनि सजिलै तताएर खान मिल्ने र सुरक्षित हुने भएकाले पनि इलेक्टिक जगको प्रयोग गर्ने गरेको उनले बताइन् । “मेरो घरमा एक वर्षको सानो बच्चा छ । हामी सबै परिवार वर्षभरि नै उमालेको पानी पिउँछौँ”, उनले भनिन्, “आजभोलि उमालेको पानी अर्को भाडामा जम्मा गरेर चिसो बनाएर पिउँछौँ । जाडो सिजनमा भने तातो पानी नै पिउने गरेका छौँ ।”
पानीका कारण अधिकांश रोग लाग्ने गर्दछन् । शुद्ध पानीले धेरै रोग लाग्नबाट जोगिने भएकाले शुद्ध पिउने पानी नै प्रयोग गर्न टीकापुर अस्पतालका डाक्टर संवाद खरेलको आग्रह छ । “पानी शुद्धीकरण गर्ने विभिन्न विधिमध्ये जुन विधि अपनाएर भए पनि शुद्ध पिउने पानी नै प्रयोग गर्नुपर्छ”, उनले भने, “स्वस्थ जीवनका लागि शुद्ध पानी अपरिहार्य हो । पानी मात्रै पनि शुद्ध पिउने हो भने धेरैजसो रोगबाट बच्न सकिन्छ ।”
डाक्टर खरेल आजभोलि जताततै बर्सातको मौसममा पानीका मुहान दूषित हुने भएकाले पानी फिल्टर गरेर होस् यो उमालेर प्रयोग गरे पनि धेरै रोगबाट बच्न सकिने बताए । “मानिसको स्वास्थ्यका लागि शुद्ध पानी आवश्यक हुन्छ । मानिसलाई धेरै रोग फोहोर पानी पिउँदा लाग्ने गरेका हुन्छन् । पानी सफा देखिए पनि पानीमा नदेखिने किटाणु अथवा फोहोर हुनसक्छ”, उनले भने, “पानी सफामात्र भएर पुग्दैन, शुद्ध पानी पिउने कुरामा मानिस सचेत हुनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: