Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

करोडौँ ऋणमा डुबेका हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

व्यवसायीलाई सरकारले उचित सहयोग गर्नुपर्छ : अध्यक्ष शेर्पा

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । यहाँको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो ।  सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा  लगानी बढाउँदै गएका थिए । 

उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु चार करोड लगानी गरेका थिए ।  मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै थियो । 

गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पु¥याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो । उनीहरु व्यवसायबाट विस्थापित जस्तै भएका थिए । सरकारले बेवास्ता गरेपनि युवाहरु ऋण लिएरै भए पनि पुनः व्यवसायमा फर्किन थालेका छन् ।  

मेलम्ची बाढीका कारण पूर्णरूपमा विस्थापित भएका हेलम्बुका ट्राउट व्यवसायी जीविकोपार्जनकै लागि अहिले यही पेसामा फर्किन थालेका छन् । 

भौतिक संरचनासहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा आठ फार्मका रु दुई अर्बभन्दा बढीको लगानी डुबेपछि व्यवसायी अहिले पनि ऋणमा छन् तर जीविकोपार्जनको लागि आफ्नो पुरानो सीप र ज्ञानको प्रयोग गर्दै ऋण गरेरै व्यवसायमा फर्किन थालेको व्यवसायी कुलबहादुर खड्काले जानकारी दिए। 

अहिले हेलम्बुको तिम्बुसहितका चार  स्थानमा ट्राउट माछा फार्म बनिरहेका छन् । 
अनुकूलताअनुसार जग्गा व्यवस्थापनसहित भौतिक संरचना निर्माण  चलिरहेको छ । केही फार्ममा भर्खर भुरा माछा हालिएको छ । 

ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा पुनः ठूलो हिम्मत जुटाएर जीविकोपार्जनकै लागि व्यवसायमा फर्किएकाले आफूहरुलाई सरकारले उचित सहयोग गर्नुपर्ने हेलम्बुका व्यवसायी युवराज खड्काले माग गरे। 

मेलम्ची नदी तटीय क्षेत्रमा सञ्चालित ट्राउट फार्म तथा रिसोर्टबाट रोजगारी पाइरहेका ९० भन्दा बढी युवा बाढीकै कारण विदेश पलायन भएका छन् । 

करोडौँ ऋणमा डुबेका व्यवसायीलाई सरकारले उचित सहयोग गर्नुपर्ने र यसको लागि निरन्तर पहल भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए। 

काठमाडौँ उपत्यकासहित नुवाकोटसम्म निर्यात हुने ट्राउट माछा खानकै लागि बाक्लो मात्रामा पर्यटक हेलम्बु आइपुग्ने गरेका थिए । मेलम्ची खोलाको पहिचान बनेको ट्राउट माछा फार्मले पुन हेलम्बुमा पर्यटन प्रवद्र्धन गराउनसमेत ठूलो मद्दत पुग्ने आशा गरिएको छ । 

यसको लागि सरकारले पनि व्यवसायीलाई उचित सहयोग गर्नुपर्ने यहाँको स्थानीयको बुझाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending