Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

करोडौँ ऋणमा डुबेका हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

व्यवसायीलाई सरकारले उचित सहयोग गर्नुपर्छ : अध्यक्ष शेर्पा

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । यहाँको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो ।  सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा  लगानी बढाउँदै गएका थिए । 

उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु चार करोड लगानी गरेका थिए ।  मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै थियो । 

गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पु¥याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो । उनीहरु व्यवसायबाट विस्थापित जस्तै भएका थिए । सरकारले बेवास्ता गरेपनि युवाहरु ऋण लिएरै भए पनि पुनः व्यवसायमा फर्किन थालेका छन् ।  

मेलम्ची बाढीका कारण पूर्णरूपमा विस्थापित भएका हेलम्बुका ट्राउट व्यवसायी जीविकोपार्जनकै लागि अहिले यही पेसामा फर्किन थालेका छन् । 

भौतिक संरचनासहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा आठ फार्मका रु दुई अर्बभन्दा बढीको लगानी डुबेपछि व्यवसायी अहिले पनि ऋणमा छन् तर जीविकोपार्जनको लागि आफ्नो पुरानो सीप र ज्ञानको प्रयोग गर्दै ऋण गरेरै व्यवसायमा फर्किन थालेको व्यवसायी कुलबहादुर खड्काले जानकारी दिए। 

अहिले हेलम्बुको तिम्बुसहितका चार  स्थानमा ट्राउट माछा फार्म बनिरहेका छन् । 
अनुकूलताअनुसार जग्गा व्यवस्थापनसहित भौतिक संरचना निर्माण  चलिरहेको छ । केही फार्ममा भर्खर भुरा माछा हालिएको छ । 

ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा पुनः ठूलो हिम्मत जुटाएर जीविकोपार्जनकै लागि व्यवसायमा फर्किएकाले आफूहरुलाई सरकारले उचित सहयोग गर्नुपर्ने हेलम्बुका व्यवसायी युवराज खड्काले माग गरे। 

मेलम्ची नदी तटीय क्षेत्रमा सञ्चालित ट्राउट फार्म तथा रिसोर्टबाट रोजगारी पाइरहेका ९० भन्दा बढी युवा बाढीकै कारण विदेश पलायन भएका छन् । 

करोडौँ ऋणमा डुबेका व्यवसायीलाई सरकारले उचित सहयोग गर्नुपर्ने र यसको लागि निरन्तर पहल भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए। 

काठमाडौँ उपत्यकासहित नुवाकोटसम्म निर्यात हुने ट्राउट माछा खानकै लागि बाक्लो मात्रामा पर्यटक हेलम्बु आइपुग्ने गरेका थिए । मेलम्ची खोलाको पहिचान बनेको ट्राउट माछा फार्मले पुन हेलम्बुमा पर्यटन प्रवद्र्धन गराउनसमेत ठूलो मद्दत पुग्ने आशा गरिएको छ । 

यसको लागि सरकारले पनि व्यवसायीलाई उचित सहयोग गर्नुपर्ने यहाँको स्थानीयको बुझाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending