Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नगरवासीको प्रश्नः कहिले आउला बागलुङमा शुद्ध पानी ?

खबरडबली संवाददाता

बागलुङ । कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । 

शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा पनि यस्तै प्रश्न उठे । बजेट किताब सार्वजनिक र श्वेतपत्र जारी गरेलगत्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दा आधारभूत आवश्यकतामा बढी प्रश्न उठेका हुन् । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पनि अधिकांश जिज्ञासा र चिन्ता मौलिक हक पालना नभएको पाएकाले नगरपालिका सचेत बनेको बताए। 

सुनुवाइमा नयाँ जनप्रतिनिधिका थोरै चुनौती र सबैभन्दा बढी बागलुङको खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रश्न उठेका थिए । सुनुवाइमा सहभागी अधिकांशले नगरको खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनीहरुले नगरपालिकाले खानेपानीको अभिभावकत्व लिनुपर्नेसमेत सुझाए । धौलागिरि अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी नभएको, सयौँ सेवाग्राहीलाई सामान्य जानकारी दिने काम नभएको, खानेपानीको व्यवस्थापन नभएको र आवश्यक दक्ष चिकित्सक घटेकोसमेत बताए । 

नगरपालिकाले सञ्चालन गरेका पूर्वाधार गुणस्तरहीन भएको टिप्पणी सहभागीले गरेका थिए । सदरमुकामदेखि वडा तहमा जोड्ने सडक जीर्ण बन्दै गएकाले पर्यटन, कृषि तथा अन्य क्षेत्रमा पनि प्रभाव परेको गुनासो थियो । “भकुण्डे पर्यटनको आकर्षण केन्द्र हो, यहाँ पुग्न सयौँको मन छ, तर जाने सडक भएन”, बानपा–४ का प्रकाश जिसीले भन्नुभयो, “उक्त सडकस्तरीय बन्दा नगरपालिकाले लाखौँ कमाई गर्न सक्छ ।” पर्यटकको भीड लाग्दा स्थानीय बासिन्दाले रोजगारी पाउने र उत्पादनले बजार पाउने उहाँको तर्क थियो । 

त्यस्तै बलेवास्थित हवाइ मैदान सञ्चालन, निर्माण सम्पन्न भएको बसपार्क व्यवस्थापन गर्नुपर्ने, अदालत चौपारीदेखि तित्याङ जाने सडकको सुरुआत खण्ड असहज भएको, खानेपानीको लिफ्ट योजना बनिरहेको भूगोलमा हुनसक्ने जोखिम घटाउन अहिलेबाटै पहल गरिनुपर्ने धारणा पनि आएका थिए । खानेपानीको मुहान भएका स्थानमा बङ्गुरपालन गरिँदा प्रदूषण बढेको, नदी दोहन रोक्न आवश्यक प्रक्रिया पूरा नभएको, काठेखोलामा जलचरको संरक्षणमा ध्यान नपुगेको जस्ता प्रश्नसमेत उठेका थिए । 

सहभागीको जिज्ञासामा नगरप्रमुख श्रेष्ठले प्रश्नको जवाफ दिएका थिए। उनले नगरवासीलाई आगामी पुस मसान्तसम्म स्वच्छ र नियमित खानेपानी खुवाउने प्रतिबद्धता जनाए। “निर्माणाधीन काम सक्न समय लाग्ने भएकाले केही ढिला हुन्छ, तर काम सक्न चाहिने उपकरणमा नगरपालिकाले सहजीकरण गर्नेछ”, उनले भने, “अप्ठ्याराहरु फुकाउने काम गर्छौं, तर ठेकेदारले काम समयमा सक्नुपर्छ ।” साथै उनले लिफ्ट खानेपानीको विकल्पसमेत सोचिसकेको भन्दै कालीगण्डकीको पानीसमेत ल्याउन प्रारम्भिक सर्भे गर्ने बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अब समयमा योजना सम्झौता गर्ने, समयमा फरफारक गर्ने पद्दति बसाल्ने बताए। उनले समयमा काम सक्दा भुक्तानीको समस्या नहुने, अनुगमन प्रभावकारी बन्ने र बेरुजुलगायतका अप्ठ्यारा समयमा फुकाउन सकिने बताउनुभयो । “अब साउनबाटै योजना सम्झौता हुनेछन्, त्यसैले असारमै रातो किताब ल्यायाँै”, उनले बताए, “मङ्सिर मसान्तमा सम्झौता नभए पुसको नगर परिषद्ले रकमान्तरण गरेर अन्यत्र हाल्नसक्ने व्यवस्था छ ।” उनले रकमान्तरण भएका योजनामा पनि फागुन मसान्तभित्र सम्झौता गरिसक्ने लक्ष्य बनाएको बताए। 

कार्यक्रममा उपप्रमुख राजु खड्का, अस्पतालकी नर्स अधिकृत शान्ति खड्का र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जिज्ञासाको जवाफ दिएका थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending