Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

निमोनियाबाट २२ दिने ‘केटो’को मृत्यु

खबरडबली संवाददाता
चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो । 
 
कोषका भेटेरिनरी चिकित्सक डा अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको हो । “एक हप्ताअघि हामीले उद्धार गरेर कोषमा ल्याउँदा नै उक्त केटो अस्वस्थ थियो”, उनले भने, “उद्धार गर्ने क्रममा बच्चा कामिरहेको थियो, केटोलाई निमोनिया भएको हामीले अनुमान गरेका थियौँ ।” मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टमा पनि निमोनियाका कारण निधन देखिएको चिकित्सक सडौलाले जानकारी दिए । 
 
बिरामी भएर हिँड्न नसकेपछि त्यो केटोलाई आमाले छाडेको हुनसक्ने कोषको अनुमान छ । “हामीले यहाँ ल्याउँदा नै उ कामिरहेको थियो”, उनले भने, “तर हामीले बचाउन सक्छौँ कि भनेर सक्दो कोसिस गरिरहेका थियौँ ।” माउसँग छुटेका गैँडाका साना बच्चा बचाउन एकदमै मुस्किल हुने गरेको कोषका प्रमुख डा बाबुराम लामिछानेले बताउनुभयो । अमलटारीस्थित चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरले एक हप्ताअघि गैँडाको बेवारिसे बच्चा जङ्गलबाट उद्धार गरेर कोषको जिम्मा लगाएको उहाँको भनाइ थियो । 
 
असारको २२ गते गैँडाको बेवारिसे बच्चा देखेका अमलटारी सेक्टरका कर्मचारीले उसकी आमा आएर लिएर जाने आशमा दुई दिनसम्म निगरानीमा राखेका थिए । केटो छोडेर गएको माउ दुई दिनसम्म पनि नआएपछि निकुञ्जको अमलटारी सेक्टरले उद्धार गरेर  राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा २४ लगेर उपचार तथा रेखदेख सुरु गरिएको थयो ।यसअघि निकुञ्जको विभिन्न स्थानबाट उद्धार गरेर लगिएको पुष्पा र अञ्जली नामका गैँडा कोषको परिसरमा हुर्किरहेका छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending