Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जसपा विवाद निर्वाचन आयोगमा, पार्टी पुनर्गठन गर्दै बाबुराम

जिम्मेवारी अध्यावधिक गर्ने निर्णय लिएर आयोग जाँदै उपेन्द्र पक्ष

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद निर्वाचन आयोगतिर पुग्ने भएको छ। संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय लिएर अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अध्यावधिकका लागि आयोग जाने तयारी गरेपछि विवाद आयोगमा पुग्ने भएको हो। 

यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए ।

यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा. भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो । साथै भट्टराईसहित केन्द्रीय कार्यकारीणी समितिका नौ जना नेताहरुलाई यादव पक्षले पदमुक्त गरेको थियो । 

सोही विवरण अध्यावधिक गर्न यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा छ ।

राजनीतिक रुपमा विभाजित भइसकेको जसपा निर्वाचन आयोगमा पुगे कानुनी रुपमा पनि औपचारिक विभाजनको प्रक्रिया सुरु हुनेछ । 
निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता दिने गरेको छ । 

यादव पक्षले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमतले कारबाहीको निर्णय गरेको जनाएको छ । तर, भट्टराई पक्षले भने स्वेच्छाचारी, अराजनीतिक र अनैतिक रुपमा पदमुक्तको निर्णय गरिएको भन्दै पार्टी पुनर्गठनका लागि देशव्यापी अभियान चलाउने जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending