चरिकोट । लगातारको वर्षसँगै दोलखाको जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा परेको छ । जिरी नगरपालिकामा बुधबारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न ठाउँमा पहिरो जाँदा जोखिम बढेको हो । जिरी नगरपालिका–६ हाटडाँडा बजार क्षेत्रमा वर्षसँगै बुधबार दिउँसो पहिरो जाँदा १४ घरपरिवार विस्थापित भएको नगरपालिकाका प्रमुख मित्र जिरेलले बताए।
पहिराले घर बगाउने जोखिम बढेपछि विस्थापित परिवार स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय दिएर बसेका छन् । विस्थापित भएका परिवारलाई तत्कालका लागि जिरी नगरपालिकाले त्रिपाल र खाद्यान्नका सामग्री वितरण गरिएको नगर प्रमुख जिरेलले बताए।
हाटडाँडामा गएको पहिराका कारण १४ घरपरिवार विस्थापित भएका छन् भने पालिकाका विभिन्न क्षेत्रमा गरी ४१ घरपरिवार पहिराको जोखिममा परेका छन् । नगरपालिका खरोयो वन, कोथामेलगायत स्थानका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उहाँले बताउनुभयो । जिरीलगायत क्षेत्रमा लगातार वर्षा भइरहेको हुँदा पहिराको जोखिम क्षेत्रमा बस्नका लागि सबैलाई सुरक्षित रहन प्रमुख जिरेलले आग्रह गरेका छन् ।
त्यसैगरी जिल्लाको मेलुङ गाउँपालिकामा पनि पहिराको उच्च जोखिम बढेको छ । मेलुङ गाउँपालिका–७ को जोगीगाउँ, थामी बस्ती, मगर गाउँलगायत स्थान पहिराको उच्च जोखिममा रहेको वडाध्यक्ष नवराज खड्काले बताए। मेलुङ–७ मा गएराति पहिराका कारण दुई घरमा क्षति पुगेको छ । उक्त वडामा पहिराका कारण हालसम्म ११ घरमा आंशिक क्षति पु¥याएको र २३ घर उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: