Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

खबरडबली संवाददाता

रुपन्देही । रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।

गत वर्ष रु २५ हजार प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा  सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताए।
 
उनले प्राकृतिक प्रकोप, बेमौसमी वर्षात्का साथै भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावले इँटा उद्योगलाई असर पारेको जानकारी दिए। महासचिव गुप्ताले भने, “इँटा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ । नेपाली इँटा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इँटा उद्योग बन्द गर्ने मनसायमा इँटा उद्योगी पुगेका हुन् ।”

जिल्लामा करिब ४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् तर पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नाका साथै सोचेअनुसार इँटाको माग नहुँदा सञ्चालित इँटा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताको भनाइ थियो ।
 
त्यस्तै लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका सदस्य दीपक पौडेलले इँटा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाए। उनले कोइला आयतमा नेपाल सरकारले सहजीकरण गर्नाका साथै जिल्लामा उत्पादित इँटाको माग बढाउनुपर्नेमा जोड दिए।

रुपन्देहीमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौँ, अर्घाखाँची, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ । छिमेकी राष्ट्र भारतमा पनि इँटा व्यवसायीले इँटा उत्पादनको लागत थेग्न नसकेर एक लाख इँटा उद्योग बन्द गर्ने अखिल भारतीय इँटा एवं टायल व्यवसायी महासङ्घले घोषणा गरेको र यसको असर  नेपालमा समेत पर्ने अनुमान गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न राजनीतिक दलका ट्रेड युनियनमा आबद्ध २० कर्मचारीको दुर्गममा ठाउँमा सरुवा

काठमाडौं । सरकारले राजनीतिक दल निकट ट्रेड युनियनसँग आबद्ध रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ। ती सबै कर्मचारी नायब सुब्बा सरहका रहेको ब...

पूर्वगृहमन्त्री सुधन गुरुङको बयान आज पनि जारी

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको छानबिनका लागि गठित न्यायिक समितिले मंगलबार उनको बयान लिएको छ। समिति स्...

विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्‍को चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छन्। आर्थिक सर्वेक्षण प्रस्...

सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, सरकारको कुल लगानी करिब ७ खर्ब ९८ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्...

नेपालको अर्थतन्त्र ६६ खर्ब ९ करोड पुग्यो, उपभोगको हिस्सा ९०.३ प्रतिशत

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुस...

अर्थतन्त्र ३.८५ ले बढ्ने अनुमान, पूँजीगत खर्च कमजोर नै रहेको अर्थमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च अपेक्षाअनुसार वृद्धि हुन नसकेको स्वीकार गरेका छन्। ...

इजरायलमा २३ सय नेपाली कामदारको माग

काठमाडौँ। इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सह...

संसदमा नेपाली काठ प्रयोगबारे सांसद निशा डाँगीको प्रश्न: कुर्सीको काठ कहाँबाट आयात गरिएको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभामा सरकारी संरचनामा प्रयोग हुने फर्निचरमा प्रयोग गरिएको काठको स्रोतबारे प्रश्न उ...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह सम...

चोरेरै ६ करोडको सम्पत्ति जोडेका प्रेम थारू चोरी र सम्पत्ति शुद्धीकरण मुद्दामा कारागार चलान

काठमाडौं। चोरी गरेर करोडौं रुपैयाँ बराबरको सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending