Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सङ्खुवासभामा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु

खबरडबली संवाददाता

सङ्खुवासभा । सङ्खुवासभामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । डेङ्गुको सङ्क्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल सङ्खुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए। 

अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार ५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल सङ्खुवासभामा उपचारका क्रममा मृत्यु भएको हो । न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधबार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा खाँदबारी ल्याइएपछि परीक्षण गर्दा न्यौपानेलाई डेङ्गु पुष्टि भएको थियो । न्यौपानेलाई डेङ्गुसँगै निमोनिया पनि देखिएको थियो । जिल्लामा यस वर्ष २२ डेङ्गु सङ्क्रमित भेटिएका छन् । गत वर्ष सङ्खुवासभामा ६९ डेङ्गु सङ्क्रमित भेटिएका थिए । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएको छन् । ‘भविष्यका लागि बाँसको आवास...

भैरहवाको मौसम खराब हुँदा रवि लामिछाने काठमाडौँमै रोकिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending