काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिलाको हक अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औल्याइन् ।
मन्त्री रेग्मीले भनिन्, “संविधानमा महिलाको शिक्षा, स्वास्थ्य, राज्यका निकायमा प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरिएको छ, तर त्यसलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्न महिलाहरुले नै सङ्घर्ष गर्नुपर्ने छ ।” उनले महिलाहरुका लागि आरक्षण सदाका निम्ति नभएर राज्यका हरेक संरचनामा महिला र पुरुष बराबरी नभएसम्मका लागि मात्रै भएको प्रस्ट पारिन् । मन्त्री रेग्मीले अन्य विभिन्न देशको तुलनामा नेपालमा महिलाहरुको सक्रियता, सहभागिता बढ्दै गएको उल्लेख गर्दै अझै मुख्य जिम्मेवार पद र राज्यको नीति निर्माण तहमा समान सहभागिताका निम्ति स्थानीय निकायबाटै पहल सुरु गर्नुपर्ने धारणा राखिन् ।
महिलामाथि हुने हरेक प्रकारका विभेद अन्त्यका लागि भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयनसँगै घर–घरमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । मन्त्री रेग्मीले भनिन्, “महिला हिंसाको जरो घरभित्रै छ, त्यसलाई अन्त्य गर्न घरभित्रबाट प्रयास थाल्नुपर्छ, अब त्यसबारेमा महिलालाई मात्रै होइन, महिला र पुरुषलाई सँगै राखेर तालिम दिनुपर्छ ।” महिला आयोगका अध्यक्ष कमला पराजुलीले राज्यका हरेक संरचनामा महिलाको समान सहभागितामा जोड दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०७९ - १४:३९
सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहर...
श्रावण २६ गते, २०७९ - १४:३३
बागमती । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको...
श्रावण २६ गते, २०७९ - १३:५७
ओटावा । क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना ...
श्रावण २६ गते, २०७९ - १३:३८
बनियानी । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र ...
श्रावण २६ गते, २०७९ - १३:१८
काठमाडौँ । भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी कार्य अघि बढाएको छ । ...
श्रावण २६ गते, २०७९ - १३:०१
बलेवा । खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पु¥याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा ‘एक घर एक धारा’ का...
श्रावण २६ गते, २०७९ - १२:४३
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराई र माओवादीका नेता नारायणकाजी श्रेष्ठबीच ...
श्रावण २६ गते, २०७९ - १२:२४
टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार...
श्रावण २६ गते, २०७९ - १२:०७
भक्तपुर । काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला ...
श्रावण २६ गते, २०७९ - ११:५५
काठमाडौँ । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजा...
प्रतिकृया लेख्नुहोस्: