Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

छानबिन समितिको निष्कर्ष : विमला वली दोषी

खबरडबली संवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली दोषी रहेको पाइएको छ। राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ।

मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज प्रतिवेदन हस्तान्तरण गर्दै छानबिन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृतरूपमा अरूको घरमा जानु कमजोरी भएको बताए। मन्त्री शर्माले एकराज बस्नेत र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टि गर्दै लेनदेनकै लागि एकराजको घरमा पुग्नु गलत भएको बताए।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले प्रारम्भिकरूपमा राज्यमन्त्री वलीबाट कमजोरी भएको देखिएको बताए। उनले प्रतिवेदनको अध्ययनपछि मात्र सरकार र पार्टीले आवश्यक कदम चाल्ने बताउँदै कमजोरी भएको विषयलाई संरक्षण नगरिने उल्लेख गरे।

गत जेठ ३१ गते राज्यमन्त्री वलीले दाङ तुलसीपुरका वाइसिएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर बस्नेत पत्नी मीना तथा छोरीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि प्रदेश सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्री शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिमा कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका थिए। छानबिन समितिको प्रतिवेदन आउनुअघि राज्यमन्त्री वलीले पदबाट राजीनामा दिएकी छन्।

नेकपा एमालेबाट निर्वाचित श्रीमान् उत्तरकुमार वलीको निधन भएपछि विमलाले तत्कालीन नेकपाबाट दाङको ३ को ख बाट उपनिर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

विसं २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि वैशाख १९ मा उनी नेकपा  माओवादी केन्द्र प्रवेश गरेकी थिइन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending