Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मनाङ ङिस्याङ गाउँपालिकाको बजेट २३ करोड ५९ लाख

खबरडबली संवाददाता

मनाङ । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु २३ करोड ५९ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको छ । संस्कृति संरक्षण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङले बजेट सार्वजनिक गरिएको बताए । 

गाउँपालिकाले आन्तरिक राजश्वतर्फ रु ५० लाख, राजश्व बाँडफाँटतर्फ रु पाँच करोड १३ लाख २३ हजार, वित्तीय हस्तान्तरणतर्फ रु १७ करोड ९४ लाख ७४ हजार विनियोजन गरेको छ । 

उक्त बजेटका लागि सङ्घीय सरकारबाट प्राप्त रु चार करोड ४७ लाख ९९ हजार, समानीकरण अनुदानतर्फ रु सात करोड २५ लाख, ससर्त अनुदानतर्फ रु नौ करोड १९ लाख विनियोजन भएको थियो । 

यसैगरी प्रदेश सरकारबाट प्राप्त रु ६७ लाख २४ हजार, समानीकरण अुनदानतर्फ रु ५० लाख ७४ हजार, सर्सत अनुदानतर्फ रु ५० लाख र समपूरक अनुदानतर्फ रु ५० लाख प्राप्त भएको थियो  । 

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु पाँच करोड ७० लाख ४७ हजार, सामाजिक विकासतर्फ रु दुई करोड ५१ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड २१ लाख, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ रु ४० लाख, पूर्वाधार विकासतर्फ रु छ करोड २६ लाख, आर्थिक विकासतर्फ रु एक करोड ३२ लाख ५० हजार विनियोजन भएको छ । गाउँपालिकाका अध्यक्ष कान्छा घलेले संस्कृति संरक्षण, सामाजिक सुरक्षा तथा संरक्षण, शिक्षा तथा खेलकुद, स्वास्थ्य, कृषि, पर्यटन, पुशलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । आवासीय विद्यालय सञ्चालन, दिवा खाजा कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, सीपमूलक तालिमलगायत योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: