Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

रुसले किन रणनीतिक महत्त्वको स्नेक आइल्यान्डमा पकड गुमायो?

टर्की रुस र युक्रेन दुवैसँग सम्झौता गर्ने प्रयासमा सक्रिय रूपमा संलग्न

खबरडबली संवाददाता

काठमाडौं । ब्ल्याक सीको उत्तर-पश्चिमस्थित सानो, चट्टानी स्थललाई रुसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिनमा कब्जा गरेको थियो र त्यसबेलादेखि युद्धमा यसले ठूलो भूमिका खेलेको छ।

चार महिनाभन्दा लामो समयदेखिको युक्रेनी बमबारीपछि रुसी सेनाले उक्त टापुलाई त्यागेको छ।

रुसले युक्रेनी कृषि उपजको निर्यातमा बाधा नपुर्‍याउनका लागि उक्त कदम चालेको बताएको छ।

तर युक्रेनले उक्त दाबीलाई खारेज गर्दै मस्कोले आफ्ना अन्न भण्डारमा गोलाबारी जारी राखेको जनाएको छ।

भन्नै गाह्रो

उक्त टापुमा जल, स्थल र हवाई सबैखाले आक्रमणहरू भएका थिए र त्यहाँ फौजको सानो टुकडीलाई त्यसको रक्षाका लागि खटाइएको थियो।

पहिले युक्रेनले त्यहाँ त्यस्तो टुकडी खटाएकोमा पछि रुसले खटायो।

सैन्य विज्ञहरूका अनुसार दुवै पक्षका निम्ति त्यहाँ खटाइएका फौज "सहज निशाना" बन्न पुगे।

उक्त टापु युक्रेनी किनाराबाट मात्र ३५ किलोमिटर पर रहेको छ र त्यसलाई रुसले गत फेब्रुअरी २४ मा कब्जामा लिएको थियो।

उक्त टापुमा युक्रेनी किनाराबाट क्षेप्यास्त्र, अस्त्रहरू र ड्रोनबाट सहजै हमला गर्न सकिन्छ।

र, युक्रेनी सैन्य बलले वास्तवमा गरेको नै त्यही हो।

उनीहरूले टापु र व्यापक हतियार तथा सैनिकहरू लिएर आउने जहाजहरूमा निरन्तर र श्रृङ्खलाबद्ध आक्रमण जारी राखेको दाबी गरेका छन्।

गत एप्रिलमा रुसी नौसेनाको महत्त्वपूर्ण पानीजहाज मस्क्भा डुबेसँगै उत्तर-पश्चिमी ब्ल्याक सीमा रुसको विमानभेदी क्षमतामा निकै ह्रास आएको थियो।

त्यसले क्रेमलिन स्नेक आइल्यान्डमा विमानभेदी प्रणाली र रेडियो-इलेक्ट्रोनिक युद्धलाई किन ल्याउन एकदमै हतास ढङ्गले लागेको थियो भन्ने कुरालाई प्रस्ट्याउँछ।

तर उक्त क्षेत्र उसको ब्ल्याक सीस्थित मुख्य नौसेना अखाडाबाट धेरै नै टाढा रहेकाले त्यो रुसका लागि दिवास्वप्न मात्र बन्न पुग्यो।

सबैखाले आक्रमण गर्दागर्दै पनि युक्रेनसँग एकदमै सीमित मात्र नौसेना क्षमता भएकाले उसले त्यहाँ आफ्नो फौज उतार्न सकेन।

युक्रेनी सैन्य विश्लेषक ओलेह जेनोभका भनाइमा दुवै तर्फबाट त्यहाँ सैनिकहरू तैनाथ गर्नुको कुनै तुक छैन किनकी त्यो एकदमै सहज निशाना हुनेछ।

उनी बरु उक्त टापुमा पुग्न खोज्नेमाथि आक्रमण गर्दा उचित हुने सुझाउँछन्।

त्यसले युक्रेनको ब्ल्याक सीस्थित ठूलो बन्दरगाह ओडेसा र उत्तर-पश्चिमी ब्ल्याक सी क्षेत्रलाई ‍उच्च सुरक्षा दिनेछ।

महत्त्वपूर्ण चट्टान

रुसले युक्रेनको ब्ल्याक सी तट, क्राइमिया प्रायद्वीप र पूरै आजोभ सागरको ठूलो भागलाई पहिले नै नियन्त्रणमा लिएको छ।

स्नेक आइल्यान्डको कब्जाले ओडेसामा नाकाबन्दी हुनपुग्यो र त्यसले गर्दा युक्रेनी अन्नको ठूलो हिस्साको निर्यात असम्भव बनेको थियो।

यसको अर्थ ब्ल्याक सी तटमा पनि आक्रमणको सम्भावना बढ्यो।

किएभका सैन्य विशेषज्ञहरूले रुसले एस-४०० हवाई क्षेप्यास्त्र प्रणाली जस्ता लामो दूरीको हवाई रक्षा उपकरणहरू स्थापना गर्न सक्ने चिन्ता व्यक्त गरे।

उक्त आइल्यान्डको नक्सामा हेर्दा त्यहाँको रुसी नियन्त्रणले नेटो सदस्य रोमानियाका लागि पनि खतरा हुने देखायो।

त्यसले उक्त देशका दुईवटा मुख्य बन्दरगाहहरू कन्स्टान्टा र ड्यानुब नदीको मुखमा रहेको बन्दरगाहको यातायातमा पनि खतरा पुग्नसक्ने देखाएको छ।

तर उक्त क्षेत्र केवल रणनीतिक रूपमा मात्र महत्त्वपूर्ण छैन। त्यो क्षेत्र पेट्रोलियम र ग्यासको भण्डार पनि हो।

परिवर्तनको सम्भावना

यो युक्रेनको लागि प्रतीकात्मक जित मात्र होइन, रणनीतिक सफलता हो अनि रुसका लागि पराजय र लज्जास्पद हार हो।

तर यसले युद्धको सिलसिलालाई खासै परिवर्तन गर्दैन।

रुसको ध्यान पूरै पूर्वी डोन्बास क्षेत्रलाई जित्न र युद्धको सुरुमा कब्जा गरेको दक्षिणका अन्य क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा ल्याउनमा केन्द्रित छ।

स्नेक आइल्यान्ड ब्ल्याक सीको उच्च रणनीतिक भागमा रहेको तथा परिष्कृत क्षेप्यास्त्र प्रणाली स्थापनाका लागि एउटा उपयुक्त स्थानमा रहेको हुन सक्छ। तर अन्ततः यो अझै पनि एउटा सानो चट्टान जस्तो मात्र हो।

रुसीहरूलाई जबरजस्ती बाहिर निकालेर युक्रेनीहरूले आफ्नो युद्धले क्षतिग्रस्त अर्थतन्त्रलाई सुधार्न अन्न निर्यात पुनः सुरु गर्ने विचार गर्न सक्छन्? भन्ने चाहिँ मुख्य प्रश्न हो।

प्रभावकारी नौसेना विना त्यहाँ अझै त्यस्तो सम्भावना कम छ। रुसी युद्धपोतहरूले ब्ल्याक सीमा अझै पनि आफ्नो प्रभुत्व कायम राखेका छन्।

युनिभर्सिटी कलेज लन्डनस्थित युक्रेनियन स्टडिज्‌का प्राध्यापक एन्ड्रयु विल्सन भन्छन्, "व्यावहारिक ढङ्गले सुरक्षित रूपमा अन्न निर्यात गर्न सक्ने स्थिति बन्नुअघि दशवटा कुरा गर्न आवश्यक हुन्छ र यो ती मध्येको एउटा मात्र हो।"

बन्दरगाह बाहिर सुरक्षाका लागि बिछ्याइएका विस्फोटक पदार्थहरू हटाउन आवश्यक भएकाले युक्रेनले ओडेसाबाट अन्न बोकेका जहाजहरूको समूहलाई सुरक्षा दिने रूसी प्रस्ताव अस्वीकार गरेको छ।

टर्की रुस र युक्रेन दुवैसँग सम्झौता गर्ने प्रयासमा सक्रिय रूपमा संलग्न छ तर त्यसो हुने सम्भावना यस चरणमा निकै पर देखिन्छ।

आगामी केही साताहरू युक्रेनी निर्यातको लागि महत्त्वपूर्ण मानिएका छन्।

त्यहाँ जुलाईदेखि पाकेका बाली भित्र्याउने बेला हुने भएकाले आगामी दिनहरू उसका लागि महत्त्वपूर्ण हुने भएका हुन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending