Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र गर्छौः ऊर्जामन्त्री भुसाल

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताइन्। 

गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास जनताका लागि हो भन्ने विषयलाई बुझ्नुपर्छ ।”

ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरी विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जनताको चाहनाअनुसार विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास दिलाइन् । 

उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारी निकाय नै सक्षम रहेको बताउँदै त्यस्ता निकायको सुविधाको उपयोग गर्न आम जनतालाई आग्रहसमेत गरिन्। मन्त्री भुसालले भनिन्, “जिल्ला अस्पतालले राम्रो सेवा दिन्छ, सबै प्रकारको उपचार हुन्छ, यहाँका जनतालाई महँगो निजी अस्पताल जानुपर्ने बाध्यता छैन ।” 

त्यसैगरी स्थानीय सरकारी विद्यालयमा निजीकोभन्दा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा सरकारी विद्यालयलाई जिम्मेवार बनाएर गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।

शिक्षासँगै सीप र व्यावसायिक क्षमता विकास गर्नुपर्ने बताउँदै मन्त्री भुसालले भनिन्, “स्थानीय वडाले महिलालाई सीप उपलब्ध गराएर आयआर्जन गर्न सक्ने बनाउनुपर्छ । त्यसका लागि सहयोग गर्न तयार छु ।” आफूले ऊर्जा मन्त्रालय सम्हालेपछि ललितपुरका सिँचाइ नभएको स्थानमा सिँचाइ उपलब्ध गराएको र भू–क्षयको नियन्त्रणको विषयलाई विशेष प्राथमिकता दिएर बजेट र कार्यक्रम उपलब्ध गराएको उहाँले बताइन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा ...

मनमोहन जनताको सच्चा मित्र- पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका...

तोलामा दुई सय रुपैंयाँले घट्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजा...

नयाँ पुस्ताले मनमोहनको सादगीबाट पाठ सिक्नुपर्छ- ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताएका छन् ।  ...

प्रिमियम लिगका दुइ खेलाडी माथी बलात्कारको आरोप

म्याड्रिड। प्रिमियर लिगका खेलाडीहरु फेरी एक पटक बलात्कारको मुद्दामा फसेका छन् ।  दुई खेलाडीमाथि बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीले रं...

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छः अशोक राई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ...

गुणस्तर परिक्षणको नाउँमा नेपाली चियाको निर्यात रोकिएकोप्रति आपत्ति

काठमाडौँ । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्...

बर्दिवास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईले रोगको विरुद्ध औषधि खुवाउने

महोत्तरी । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिवासले आम औषधि सेवनको अभिमुखिकरण गराएको छ । नगर क्षेत्र...

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन पर...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies