Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

खबरडबली संवाददाता

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न उठाउने दुई जना सेवाग्राही नै पक्राउ परेका छन् ।

विराटनगर–२ का राजेन्द्र रिजाल चार महिनादेखि जिल्ला प्रशासन कार्यालय मोरङ धाइरहेका छन् । तर उनले अझै आफ्नै राष्ट्रिय परिचयपत्र हात पार्न सकेका छैनन् । कारण गत भदौमा भएको ‘जेनजी’ विद्रोहका क्रममा प्रशासन कार्यालयमा आगलागी हुँदा हजारौँ परिचयपत्र जले । अब त्यही कार्ड फेरि बनाउन राज्यले नागरिकसँग पैसा मागिरहेको छ ।

मोरङ प्रशासनका अनुसार आगजनीमा करिब ७० हजार राष्ट्रिय परिचयपत्र नष्ट भएका छन् । ती कार्ड पुनः लिन नागरिकले फेरि फोटो खिचाउनुपर्ने, बायोमेट्रिक दिनुपर्ने र ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला का अनुसार जलेका कार्ड विभागबाट ‘क्यान्सिल’ गरेर पुनः इनरोलमेन्ट गर्नुपर्छ । त्यसका लागि शुल्क लाग्ने उनले बताएका छन् ।  तर नागरिकको प्रश्न सीधा छ “राज्यले जोगाउन नसकेको कार्डको पैसा नागरिकले किन तिर्ने ?”

राजेन्द्र रिजाल भन्छन्, “मेरो गल्ती केही छैन । राज्यको कमजोरीले कार्ड जल्यो । अब फेरि ५ सय तिर्नुस् भनिँदैछ । मजदुरी गरेर खाने मानिसले कसरी धान्छ ?”

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग भने नियमको आडमा उम्किन खोजिरहेको देखिन्छ । विभागका निर्देशक कमल प्रसाद पाण्डे का अनुसार कार्ड हराए वा नष्ट भए प्रतिलिपिका लागि ५ सय रुपैयाँ लिने कानुनी व्यवस्था छ । यद्यपि आगलागीमा जलेका कार्डको शुल्कबारे “छलफल भइरहेको” उनको भनाइ छ ।

तर घटना भएको महिनौँ बितिसक्दा पनि सरकार अझै “छलफलमै” सीमित छ । राज्यसँग नागरिकको सम्पूर्ण बायोमेट्रिक विवरण सुरक्षित हुँदाहुँदै फेरि लाइनमा उभ्याएर फोटो खिचाउने र शुल्क असुल्ने प्रक्रियालाई धेरैले सरकारी असुलीको नयाँ नमुना भन्दै आलोचना गरेका छन् ।

यसबीच प्रशासन कार्यालयमै शुल्कको विषयमा प्रश्न उठाउने दुई जना सेवाग्राही पक्राउ परेका छन् । कार्यालय स्रोतका अनुसार ५ सय रुपैयाँ किन तिर्ने भनेर आक्रोश व्यक्त गरेपछि उनीहरूलाई दुर्व्यवहारको आरोपमा थुनिएको थियो । एक जनालाई त २४ दिन हिरासतमा राखिएको दाबी गरिएको छ ।

राजनीतिक आन्दोलनका क्रममा सरकारी सुरक्षा कमजोरीले जलेका परिचयपत्रको भार नागरिकमाथि थोपर्नु राज्यको गैरजिम्मेवारी भएको सरोकारवालाहरू बताउँछन् । उनीहरूको माग छ भदौ २४ को घटनालाई विशेष परिस्थिति मानेर सरकारले बिनाशुल्क र सहज रूपमा नागरिकलाई नयाँ परिचयपत्र उपलब्ध गराउनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending