Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट यही जेठ १५ गते शुक्रबार संघीय संसद्को संयुक्त बैठकमार्फत सार्वजनिक गर्ने भएको छ। बजेट प्रस्तुतिका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक अपराह्न ४ बजे बस्ने तय गरिएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डाेल प्रसाद आर्यालले संयुक्त बैठकको जानकारी दिँदै दुवै सदनका सांसदलाई ३ः४५ बजेसम्म संसद् भवनमा उपस्थित भइसक्न निर्देशन दिएका हुन्।

नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते सरकारलाई आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ। सोही संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्रीले दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्।

नेपालमा गणतन्त्र दिवसको अवसरसँग जोडेर जेठ १५ गते बजेट ल्याउने परम्परा समेत स्थापित गरिएको छ। यस वर्षको बजेटलाई सरकारको आर्थिक दिशा, कर नीति, विकास प्राथमिकता र कर्मचारीदेखि सर्वसाधारणसम्मलाई प्रत्यक्ष असर पार्ने दस्तावेजका रूपमा हेरिएको छ।

आर्थिक सुस्तता, घट्दो राजस्व, बढ्दो सार्वजनिक ऋण र विकास खर्च कमजोर भइरहेका बेला आउने यस बजेटप्रति राजनीतिक दल, निजी क्षेत्र, कर्मचारी, व्यवसायी र सर्वसाधारणको चासो उच्च बनेको छ।

यसैबीच सभामुख अर्यालले प्रतिनिधिसभाको नियमित बैठक भने शुक्रबार साँझ ५ः३० बजे बस्ने जानकारी पनि दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

सभाहल निर्माणमा विवाद : १ करोड बजेट फ्रिज हुने खतरा

कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...

कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्नेे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending