Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्र

खबरडबली संवाददाता

वालिङ । स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म पाँच किमी सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्र गरिएको हो । कालीगण्डकी नदीको प्रायःजसो किनारबाट निर्माण गरिएको  दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो ।

दैनिक सयौँको सङ्ख्यामा साना ठूला सवारीसाधन सञ्चालन हुने उक्त सडक घाम लाग्दा निक्कै धुलो र पानी पर्दा हिलाम्य हुने गरेको थियो । सडक कालोपत्र हुन नसकेकोमा भने स्थानीयले पटक–पटक आवाज उठाउँदै आएका छन् । मन्त्रालयले विनियोजन गरेको रु १३ करोड ३४ लाखमध्ये लामा कान्तिपुर जेभी काठमाडौँले रु आठ करोड ८१ लाख ४८ हजारमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाका इञ्जिनियर सुजन पोखरेलले जानकारी दिए । कोभिडलगायतका कारण समयमै काम सुरु गर्न नसकेको उनले बताए  ।

सिद्धार्थ राजमार्गको गल्याङदेखि जिल्लाकै समथर भूभाग रहेको चापाकोटलाई राष्ट्रिय राजमार्गसँग जोड्नका लागि खोलिएको ट्रयाकको स्तरोन्नति हुन नसकेपछि प्रदेशसभामा पटक–पटक आवाज उठाएर काम सुरु भएको गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले बताए ।

यहाँका नागरिकको समस्यालाई मध्यनजर गर्दै सदनमा आवाज उठाएपछि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बजेट विनियोजन गरिएको उनले बताए  । कूल २१ किलोमिटरमध्ये अब बाँकी रहेको १६ किलोमिटर सडक पनि क्रमागतरुपमा रहेकाले कालोपत्र हुँदै जाने उनले जानकारी दिए  ।

“गल्याङ–चापाकोट सडकलाई कालोपत्र गर्नका लागि डिपिआर गरिसकिएको छ”, उनले भने, “अब दुई  खोलामा पुल÷कल्भर्ट बनाईने छ भने बाँकी रहेको सडकलाई कालोपत्र गर्दै अगाडि बढिने छ ।” गल्याङ नगरपालिकाको केन्द्रदेखि चापाकोट नगरपालिकाको केन्द्रसम्म अर्थात् दुई पालिकालाई सडक सञ्जालमार्फत जोडिने भएकाले पनि उक्त सडकको स्तरोन्नतिमा चासो दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

ट्रयाक खोलिएको लामो समय हुँदा पनि सडक कालोपत्र नहुँदा यात्रुले सास्ती खेप्दै यात्रा गर्नुपर्ने बाध्यता छ । विसं २०७७ फागुनमा ठेक्का सम्झौता भएको उक्त सडक २०७९ भदौसम्ममा सम्पन्न गर्नुपर्ने थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending