काठमाडौं । श्रीलङ्कामा खाद्यान्न अभाव हुने डरका माझ सरकारले कर्मचारीहरूलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले सातामा थप एक दिन छुट्टी दिने भएको छ।
त्यहाँ सरकारी सेवामा झन्डै १० लाख कर्मचारी छन्।
दुई करोड २० लाख जनसङ्ख्या भएको उक्त टापु राष्ट्रले विगत ७० वर्षयताको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेका बेला त्यस्तो कदम चाल्न लागिएको छ।
विदेशी मुद्राको चरम अभावका कारण श्रीलङ्काले खानेकुरा, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुहरू आयात गर्न सङ्घर्ष गर्नुपरिरहेको छ।
सोमवार अबेरतिर सरकारले आगामी तीन महिनासम्म सरकारी सेवामा रहेका कर्मचारीहरूलाई प्रत्येक साता शुक्रवार पनि सार्वजनिक छुट्टी दिने प्रस्तावमा सहमति जनाएको थियो।
इन्धन सङ्कटका कारण काममा जानआउन कठिनता बेहोरिरहेका कर्मचारीहरूलाई आफू र परिवारजनलाई खानको निम्ति फलफूल र तरकारीहरू उत्पादन गर्न समेत सहयोग गर्ने उद्देश्यले थप छुट्टी दिने निर्णय गरिएको सरकारले जनाएको छ।
खाद्य अभावको समाधान
"सरकारी कमर्चारीहरूलाई सातामा थप एकदिन छुट्टी दिन र भविष्यमा हुन सक्ने खाद्य अभावको अवस्थाको समाधान खोज्ने आफ्ना करेसाबारी वा अन्यत्र कृषि गतिविधिमा लाग्नका निम्ति आवश्यक सुविधा प्रदान गर्नु उचित देखिएको छ," सरकारले उस्को आधिकारिक समाचार पोर्टलमा जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।
सोमवार नै संयुक्त राज्य अमेरिकाले आफू श्रीलङ्कालाई सहयोग गर्न तयार गरेको बताएको थियो।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घसँगको टेलिफोन वार्तापछि अमेरकी विदेशमन्त्री एन्थोनी ब्लिङ्कनले संयुक्त राज्य अमेरिका " श्रीलङ्कासँग मिलेर काम गर्न तयार रहेको" बताएका थिए।
यसै महिना केहीअघि प्रधानमन्त्री विक्रमसिङ्घले श्रीलङ्कालाई अत्यावश्क वस्तुको आयातका लागि कम्तीमा पनि पाँच अर्ब डलरको आवश्यकता रहेको बताएका थिए।
श्रीलङ्काको मुद्रा रुपैयाँको मूल्य खस्किनु, विश्वव्यापी रूपमा नै उपभोग्य वस्तुको मूल्य बढ्नु र (अहिले हटाइएको) रासायनिक मलको प्रयोगमा लगाइएको प्रतिबन्धका कारण त्यहाँ गत एप्रिल महिनामा खानेकुराको मूल्य ५७% भन्दा बढीले वृद्धि भएको थियो।
गत महिनाको अन्त्यमा देशका कृषिमन्त्री महिन्द अमरवीराले किसानहरूलाई थप धान उत्पादन गर्न आग्रह गरेका थिए।
"खाद्यान्नको अवस्था एकदमै खराब बन्दै गएको अब स्पष्ट नै छ," उनको भनाइ थियो।
"हामी सबै किसानहरूलाई आआफ्नो खेतमा गएर अबको पाँचदेखि १० दिनसम्म धान रोपाइँ गर्न अनुरोध गर्छौँ।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: