काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने षड्यन्त्र सफल नहुने दाबी गरेको छ।
वाम गठबन्धनको चर्चा चलेको भएपछि सफल नहुने कांग्रेस प्रवक्ता प्रकाशशरण महत दाबी गर्छन्।
उनी भन्छन्, ‘ओलीले संविधान मिचे, कुशासन र भ्रष्टाचार भयो। संसद भंग गर्नुभयो भनेर गठबन्धन बनेको हो। गठबन्धनका हरेक नेताहरु ओली प्रवृत्तिविरुद्ध जानुभएको छ। त्यसैले गठबन्धन टुट्ने देखेका छैनौँ।’
स्थानीय तहमा पनि समझदारी गरेकै कारणले सफल भएको दाबी गरे। गठबन्धन आगामी दिनसम्म पनि जानुपर्छ भनेर नेतृत्व तह सहमत भएर प्रतिबद्धता गरेको बताए।
वाम गठबन्धनका लागि एमाले र माओवादीका दोस्रो तहका नेताहरु सक्रिय छन् नी भन्ने प्रश्नमा उनले भने, ‘विभिन्न प्रवृत्तिका नेताहरु हरेक दलमा छन्। उहाँहरुको कुराकानी र भेटवार्ता पनि त्यही स्वरुप हो।’
मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा मात्रै नभएर ओली प्रवृत्ति अन्त्य नभएसम्म गठबन्धन जाने उनको बुझाइ छ।
‘ओलीजीले गठबन्धन टुटाउने जुन प्रयास गर्नुभएको छ। त्यो सफल हुन सक्दैन। र उहाँले आफनो गठबन्धन बनाउन सक्नुहुन्न’ उनले भने, ‘हामीलाई विश्वास छ गठबन्धन कायम रहन्छ।’
गठबन्धन शीर्ष नेताहरुकै सहमतिमा जिससमा पनि गठबन्धन गर्ने निर्णय भएपनि केही जिल्लामा तोडिएको पाइएकाले त्यसको समीक्षा हुने बताए।
०७४ सालको निर्वाचनमा पनि माओवादीले धोका दिएर २३ सिटमा खुम्चिएको कांग्रेसलाई अहिले त्यही भयले गाँजेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा त्यसैले पार्टीभित्रको चर्को दबाब खेपेर भएपछि गठबन्धन अगाडि बढाउने पक्षमा अडिग छन्।
देउवालाई संस्थापनइतर पक्षले गठबन्धन छाड्न जोड दिइरहेका छन्। आफूहरुले गठबन्धन तोडे माओवादी फेरि एमालेसँगै मिल्न जाने देउवालाई डर छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: