Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

पूर्वी युक्रेनमा भीषण लडाइँ, बलियो बन्दै रूसी पकड

पूर्व ब्रिटिश सैनिक मारिए, युक्रेनमा तैनाथ हुने फौजी युनिटहरू थप्ने प्रयास

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनमा जारी लडाइँमा एक जना पूर्व ब्रिटिश सैनिक मारिएको उनको परिवारले जनाएको छ।

जोर्डन गेट्लीले गएको महिना ब्रिटिश सेना छाडेका थिए। उनी हालैका दिनमा भीषण लडाइँ भइरहेको पूर्वी युक्रेनको सेभेरोडोनेट्स्कमा मारिएका हुन्।

युक्रेनको पक्षमा लड्दालड्दै ज्यान गुमाउने उनी दोस्रो ब्रिटिश नागरिक हुन्। यसअघि स्कट सिब्लीको गएको एप्रिलमा ज्यान गएको थियो।

उनको परिवारले जोर्डन 'नायक भएको र सदैव हृदयमा रहने' जनाएका छन्।

एउटा फेसबुक पोस्टमा उनका पिताले युक्रेनमाथिको रुसी हमलाको प्रतिरोधमा जोर्डनले स्थानीय फौजहरूलाई तालिम दिएको बताए।

उनले सेभेरोडोनेट्स्कको प्रतिरक्षामा अग्रमोर्चामा लड्दालड्दै आफ्नो छोराले ज्यान गुमाएको बताए।

रुसी पकड बलियो बन्दै

यसैबीच रुसी फौजहरूले पूर्वी युक्रेनको सेभेरोडोनेट्स्क सहरमा आफ्नो पकड बिस्तारै बलियो बनाउँदै लगेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।

त्यहाँ घेराबन्दीमा परेको एउटा रासायनिक उद्योगमा बङ्करहरूमा सयौँ गैरसैनिकहरूले आश्रय लिइरहेका विवरण आएका छन्।

क्षेत्रीय गभर्नर सेर्हेई हाइडाईले रुसी गोलाबारीका कारण छिमेकी लिसिचान्स्कसँग जोड्ने दोस्रो पुल क्षतिग्रस्त भएको बताए।

उनका अनुसार अन्तिम पुल भीषण गोलाबारीमा परिरहेको छ।

हप्तौँदेखि ठूलो लडाइँको केन्द्रमा एजोट रासायनिक उद्योग रहेको छ।

गभर्नर हाइडाईले हालसम्म ज्यान गुमाएका मानिसहरूको सङ्ख्या यकिन गर्न नसकिएको बताएका छन्।

पश्चिम युक्रेनका अधिकारीहरूले छोर्टकिभमा गरिएको क्षेप्यास्त्र आक्रमणमा २० जनाभन्दा बढी घाइते भएको जनाएका थिए।

रुसी रक्षा मन्त्रालयले पश्चिमा देशहरूले दिएको अस्त्र भण्डारलाई ब्ल्याक सीमा रहेको आफ्नो युद्धपोतद्वारा प्रहार गरिएको क्षेप्यास्त्रले निशाना बनाएको बताएको छ।

यूकेको रक्षा मन्त्रालयले के भन्यो ?

यूकेको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो अद्यावधिक विवरणमा रुस सञ्चार र गोलाबारीमा बलियो देखिएको भन्दै उसले सेभेरोडोनेट्स्क क्षेत्रमा भूभागहरू कब्जा गर्दै आफूलाई बलियो बनाउँदै लगेको उल्लेख गरिएको छ।

त्यसमा रुसले युक्रेनमा तैनाथ हुने फौजी युनिटहरू थप्ने प्रयासहरू अघि बढाएको पनि जनाइएको छ।

हालैका हप्तामा रुसले तेश्रो सैनिक बटालियन परिचालन गर्ने तयारी अघि बढाएको भनिएको छ।

लुहान्स्क क्षेत्रका गभर्नर हाइडाईले सेभेरोडोनेट्स्कको अवस्था एकदमै जटिल रहेको र अबको दुई दिन निर्णायक हुने बताएका छन्।

उनले अहिलेसम्म रुसी फौजहरूले सहरमा नियन्त्रण कायम गर्न नसकेको बताए।

उनका अनुसार उक्त सहरसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद गर्न रुसले चाहेको छ।

मानिसहरूलाई त्यहाँबाट बाहिर लैजान नसकियोस् र थप अस्त्र तथा सुरक्षाकर्मी ल्याउन नमिलोस् भन्ने उद्देश्यले त्यसो गर्न खोजिएको उनले बताए।

उनले रुसले तयार राखेका आफ्ना सबै सैनिकहरूलाई आज वा भोलि परिचालित गरेर सेभेरोडोनेट्स्क नियन्त्रणमा लिन सक्ने बताए।

यसैबीच रुसी रक्षा मन्त्रालयले आफूले किएभलाई अमेरिका र युरोपेली देशहरूले उपलब्ध गराएका ट्याङ्कलाई नष्ट गर्न सक्ने क्षमता भएको क्षेप्यास्त्र प्रणाली र अरू अस्त्रहरू राखिएको एउटा भण्डार नष्ट गरिदिएको जनाएको छ।

बीबीसीले त्यसको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

युक्रेनले पश्चिमा जगतलाई देशको पूर्वमा जारी रुसी आक्रमणहरूलाई निस्तेज तुल्याउन भारी हतियारहरू उपलब्ध गराउन माग गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending