Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

चीनको चेतावनी : ताइवान स्वतन्त्र बनाउने प्रयासले युद्ध निम्त्याउन सक्छ

सन् १९४० को गृहयुद्धको समयमा चीन र ताइवान भएका थिए विभाजित

खबरडबली संवाददाता

काठमाडौं । चीनले ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने प्रयत्नविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने चेतावनी संयुक्त राज्य अमेरिकालाई दिएको छ।

चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एशियाली सुरक्षा सम्मेलनको अवसर पारेर सिङ्गापुरमा भेटेका थिए।

सो अवसरमा कुराकानी गर्दै ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेले व्यक्त गरे।

पछि अस्टिनले चिनियाँ सैनिक गतिविधिलाई "उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने" कदमको सङ्ज्ञा दिए।

उक्त प्रायःद्वीपमाथि दिनहुँजसो ठूलो सङ्ख्यामा चिनियाँ वायुयानहरू उडिरहेका र त्यसले "उक्त क्षेत्रमा शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको" उनको भनाइ थियो।

के भने अमेरिकी मन्त्रीले?

चीनले स्वशासित ताइवानलाई आफ्नो भूमिको अभिन्न अङ्ग मान्ने गर्छ।

उक्त अवधारणाकै कारण रक्षामन्त्री वेले ताइवानलाई हतियार विक्री गर्ने अमेरिकी कदमको निन्दा गरेका थिए।

उनलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन्, "यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष कुनै पनि मूल्यमा लड्नु र 'स्वतन्त्र' हुने ताइवानको प्रयासलाई दमन गर्नु र देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुको अरू विकल्प हुँदैन।"

रक्षामन्त्री अस्टिनले बेइजिङलाई चीनको सम्पूर्ण सरकारको मान्यता दिने र ताइवानी स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिको नीतिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए।

उनले बल प्रयोग गरेर तनाव हल गर्न खोज्नु नहुनेमा जोड दिएका थिए।

अमेरिकी र चिनियाँ रक्षामन्त्रीहरूको यो भेटवार्ता झन्डै एक घण्टा चलेको थियो।

दुवै पक्षले हार्दिकतापूर्ण छलफल भएको बताएका छन्।

अस्टिनले कुनै पनि असमझदारी उत्पन्न हुन नदिन चीनको सेनासँग पूर्ण रूपमा सञ्चारको संयन्त्र खुला राख्नुपर्नेमा जोड दिएका थिए।

मेको अन्त्यमा ताइवानले आफ्नो हवाई सुरक्षा क्षेत्रमा चीनले पठाएका ३० वटा लडाकु विमानलाई चेतावनी दिन आफूले पनि युद्धक विमानहरू परिचालन गरेको बताएका थियो।

त्यो चिनियाँ सेनाले ज्यानुअरी यता गरेको सबैभन्दा ठूलो अतिक्रमण थियो।

उक्त घटनामा २२ वटा ताइवानी लडाकु विमान र विद्युतीय युद्धप्रणाली र पूर्वचेतावनी प्रणाली तथा पनडुब्बीमा मार हान्न सक्ने विमान खटाइएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।

चीन र ताइवान: आधारभूत तथ्य

सन् १९४० को गृहयुद्धको समयमा चीन र ताइवान विभाजित भएका थिए। तर बेइजिङले कुनै एउटा निश्चित बिन्दुमा उक्त टापुलाई आवश्यक परे बल प्रयोग गरेर आफूले आफ्नो बनाउने बताउँदै आएको छ।

ताइवानको आफ्नै संविधान छ र त्यहाँ लोकतान्त्रिक रूपमा निर्वाचित नेताहरू छन्। ताइवानी सुरक्षा बलमा तीन लाख सक्रिय सुरक्षाकर्मी छन्।

एकदमै थोरै देशहरूले मात्रै ताइवानलाई मान्यता दिएका छन्। अधिकांशले बेइजिङमा रहेको चिनियाँ सरकारलाई मान्यता दिएका छन्। संयुक्त राज्य अमेरिकाको ताइवानसँग औपचारिक सम्बन्ध छैन। तर अमेरिकाले ताइवानलाई आफ्नो प्रतिरक्षा गर्न स्रोत उपलब्ध गराउनेगरी एउटा कानुन पारित गरेको छ।

चीन र ताइवान

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending