बलेवा । जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन भएका छ्न् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन भएका हुन् ।
जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित नौ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गङ्गाधर सापकोटाले बताए ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेद्वारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा चार दलको सहभागिता छ । सदस्यमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिनुभएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएकी छन् ।
अल्पसङ्ख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसबाट उम्मेदवार कौशीला विक निर्वाचित हुँदा खुला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्कबहादुर पाण्डे, कांग्रेसको तर्फबाट टेकबहादुर अर्गेजा र पदमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रक्रिया पूरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए । बागलुङमा एउटामात्रै प्रमुख जितेको नेकपा एमालेले कुनै पनि पदमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा भएको सहमतिअनुसार उम्मेदवारी दिएका सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: