Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मोरङ समाजद्धारा मन्त्री पण्डित सम्मानीत

\"lalbabu-pandit\"काठमाडौँ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्र प्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पु¥याएको भनी अभिनन्दन गरिएको छ । मोरङ समाज काठमाडाँैद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनलाई समाजका तर्फबाट अभिनन्दनपत्र प्रदान गरे । निजामती ऐन चौथो संशोधनमार्फत सामान्य प्रशासन मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले विदेशी मुलुकको डिभी, पिआर तथा ग्रीन कार्ड लिन नपाउने व्यवस्था गरेका छन् । विदेशका आवासीय प्रवेशाज्ञा लिएर बस्ने व्यक्ति राष्ट्रसेवक कर्मचारी हुनै नसक्ने मान्यतामा अडिग रहनुभएका मन्त्री पण्डितको उक्त निर्णयबाट निजामती प्रशासनमा देखिएको अनियमितता र अनुसाशनहीनतालाई रोक्न थोरै भने पनि योगदान पुग्ने विश्वास लिइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले सत्मार्ग र विचार बोकेर आफ्नो अडानप्रति दृढ र व्यवहारमा लचकता प्रदर्शन गर्ने व्यक्तिलाई समाजले प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, \'सकारात्मक सोच राखेरै केही गरौँ भन्दा अनेक बात लाग्ने हाम्रो समाजमा मन्त्री पण्डितले राष्ट्र र जनताहितका लागि राम्रो विचार र उद्देश्य राखेर गर्नुभएको काममा प्रोत्साहन गर्दै उत्साहित बनाउनेतर्फ हामीले भूमिका निर्वाह गर्नुपर्छ ।\' सो अवसरमा मन्त्री पण्डितले निजामती प्रशासनमा देखिएका सबैखाले विकृति र विसङ्गतिलाई अन्त्य गर्न आफू दृढताका साथ अघि बढिरहेको बताए । समाजका अध्यक्ष विमल भट्टराईको अध्यक्षतामा भएको उक्त अभिनन्दन कार्यक्रममा पूर्वमन्त्री शङ्कर कोइराला, समाजका उपाध्यक्ष कृष्णमुरारी कोइराला लगायतले सदाचारी प्रधानमन्त्रीको नेतृत्वमा रहेर मन्त्री पण्डितले मुलुक र जनताका लागि निजामती प्रशासनमा सुधारका लागि गरेकाे कार्यको सबैले सराहना गरेको धारणा व्यक्त गरेका थिए । बक्ताहरूले भने, \'निजामती प्रशासनका बारेमा अनेकाँै टीकाटिप्पणी भइरहेका बेला मन्त्री पण्डितले विशेष चासो र अडान लिएर गर्नुभएको डिभी, पिआर र ग्रीनकार्डसम्बन्धी निर्णयको चौतर्फी रुपमा सराहना भएको छ ।\' रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending