Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

युक्रेनी शहर सेभेरोडोनेट्स्कको आधा भाग रुसी नियन्त्रणमा

निरन्तर बमबारी, ईयूको प्रतिबन्ध 'ढिलो'

खबरडबली संवाददाता

काठमाडौं । पूर्वी युक्रेनको एउटा मुख्य तथा रणनीतिक शहर सेभेरोडोनेट्स्कका प्रमुखले आफ्नो लडाईँको अग्रमोर्चा शहरको आधा भागमा खुम्चिएको जनाएका छन्।

तर ती शहरका प्रमुखले युक्रेनले अझै अवस्थालाई डटेर सामना गरिरहेको र त्यहाँ आफ्नो प्रतिरक्षा गरिरहेको बताए।

त्यस क्षेत्रका गभर्नरले रूसीहरू शहरमा प्रवेश गरेपछिको अवस्था 'गम्भीर' बनेको बताएका छन्।

लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले पूरै क्षेत्र निरन्तरको बमबारीमाझ रहेको जनाएका छन्।

जसका कारण सेभेरोडोनेट्स्कबाट सर्वसाधारणहरूलाई बाहिर निकाल्ने काम समेत अवरूद्ध बनेको छ।

यसअघि गभर्नर हाइडाईले शहरका १५ हजारजति सर्वसाधारणहरू चेपुवामा परेको बीबीसीलाई बताएका थिए।

मस्कोले अहिले लुहान्स्क क्षेत्रको सबैजसो क्षेत्रमा कब्जा जमाएको छ।

त्यस क्षेत्रलाई उसले फेब्रुअरीमा हमला सुरु गर्नुअघि स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको थियो।

यसैबिच युरोपेली सङ्घ ईयूले रुसविरूद्ध लगाएको पछिल्लो चरणको आर्थिक प्रतिबन्धको बचाउ गरेको छ।

ईयूले यो वर्षको अन्त्यसम्ममा लगभग ९० प्रतिशत रुसी तेल आयात कटौती गर्न सहमति गरेको छ।

तर युक्रेनको राष्ट्रपति कार्यालयका सहायक प्रमुखले यस्तो प्रतिबन्ध निकै ढिलो गरि आएको बताएका छन्।

युक्रेनी राष्ट्रपतिका एकजना मुख्य सल्लाहकारले किएभलाई लामो दुरीका क्षेप्यास्त्र नपठाउने राष्ट्रपति बाइडनको निर्णयको जवाफ दिएका छन्।

रुसी हस्तक्षेपलाई पछाडि धकेल्न युक्रेनी सेनालाई ७० किलोमिटरजति दुरीमा प्रहार गर्नसक्ने क्षेप्यास्त्र पर्याप्त हुने ती सल्लाहकारले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending