Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

आगामी आवको बजेटले हाम्रा माग सम्बोधन गरेको छ : इपान

खबरडबली संवाददाता

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०ले सरकारको आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको ऊर्जा क्षेत्रका प्रावधान सकारात्मक रहेको भन्दै स्वागत गरेको छ । 

जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, उपभोग वृद्धि र ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर आएको बजेटमा ऊर्जा क्षेत्रको विकासका लागि रु ७५ अर्ब १० करोड बराबरको बजेट विनियोजन गरिएकामा इपानले प्रसन्नता व्यक्त गरेको छ ।
 
सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०७९र०८० का लागि रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण समयमा काम पूरा गर्न नसकेका विद्युत् आयोजनाको हकमा अनुमतिपत्रको म्याद दुई वर्ष थप्ने व्यवस्था गरिएको छ । 

त्यस्तै निजी क्षेत्रले विद्युत्गृहदेखि विद्युत् प्राधिकरणको सवस्टेसनसम्म प्रसारण लाइन निर्माण गरेमा ७५ प्रतिशतसम्म शोधभर्ना दिने प्रावधान बजेटमा समेटिएको छ ।
 
यस्तै, आन्तरिकरूपमा विद्युत् खपतलाई वृद्धि गर्न एलपीजी ग्यास विस्थापनका लागि अनुदान कटौती गर्ने, इन्डक्सन चुलोको प्रयोग बढाउने, सरकारी कार्यालयमा विद्युतीय सवारी प्रयोगलाई अनिवार्य गर्नेजस्ता कार्यक्रमको घोषणा गरेकामा प्रसन्नता व्यक्त गरेको छ ।
 
बजेटले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने, नदी बेसिनमा निर्माण हुने प्रसारण लाइन सरकारी, निजी साझेदारीमा निर्माण गर्ने विषय समावेश गरेको छ । त्यस्तै रु १० करोडसम्म विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले इपानले उठाउँदै आएको आन्तरिक विद्युत् खपतको वृद्धिमा ठूलो सहयोग पुग्ने ठहर छ ।

त्यस्तै, विसं २०८५ सम्म निर्माण पूरा हुने जलविद्युत् आयोजनाको हकमा १५ वर्ष आयकर पूरै र छ वर्ष ५० प्रतिशत आयकर छुटको व्यवस्था गरेको छ । बजेटमा समावेश यस्ता सबै कार्यक्रमको इपानले स्वागत गरेको छ ।
 
बजेटले आगामी वर्ष ७१५ मेगावाट उत्पादन भएर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने प्रक्षेपण गरेको छ । सरकारको यस्तो प्रक्षेपणलाई पूरा गरी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको  राष्ट्रिय लक्ष्यलाई साकार पार्दै मुलुकमा उच्च र दिगो आर्थिक विकासका लागि इपानले विगत २५ वर्षदेखि सरकारसँग हातेमालो गर्दै आएको स्मरण गरेको छ । हाल राष्ट्रिय प्रसारणलाइनमा कूल जडित क्षमता करिब दुई हजार २५० मेगावाट पुगेको छ ।
 
सरकारले विद्युत् उत्पादनका लागि आफूहरुले दिएको सुझावलाई आत्मसात् गरेकामा प्रसन्नता व्यक्त गरेको अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनलाई सदनमा बोलाउन माग गर्दै हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्। प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख ...

सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले...

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौँ। भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच जेठ: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ ।  स्वीट्जरल्य...

रुसले बनायो नयाँ इबोला खोप

मस्को। अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ । दक्षिण अफ्...

हुम्लामा भेडा चराउन गएका युवकको लेक लागेर मृत्यु

हुम्ला। हाल बाजुरा जिल्ला र हुम्ला जिल्लाबिच सीमा विवाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ । भेडा चराउन गएका रानी खर्क ला...

बढ्यो गर्मी, भुइँमा पानी छर्केर पढ्छन् विद्यार्थी

दाङ। बिहान विद्यालय जाँदा ईश्वर वलीको झोलामा किताबकापी मात्रै हुँदैन, पानीको एउटा भाँडो पनि हुन्छ । दाङको घोराही उपमहानगरपालिका–२, चाक्लीघाटस्थित श्री...

जलवायु परिवर्तनले हिमाली क्षेत्र जोखिममा - राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएको छन् । राष्ट्...

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending