Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

पहिरोमा परी चीनमा ८ जनाको मृत्यु

खबरडबली संवाददाता

फुझाउ । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।  

पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

देशको पूर्वी क्षेत्रमा पर्ने फुजियान प्रान्त अन्तर्गतको वुपिङमा शुक्रबार पहिरो गएको समाचारमा जनाइएको छ । 

उनीहरूले शनिबार दिएको जानकारी अनुसार बिहीबार रातीदेखि अत्यधिक बर्षा भएको र त्यसपछि पहिरोले घर भत्काएको थियो । 

पहिरोका कारण घर भत्किएर मृत्यु भएका मध्ये पाँच जनाको उद्योग रहेको भवनमा र तीन जनाको आवासीय भवनमा मृत्यु भएको हो ।

पहिरोका कारण अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । घटनास्थलमा खटिएका उद्धारकर्ताले पहिरोका कारण त्यस क्षेत्रको यातायात, विद्युत र सञ्चार सेवा अवरुद्ध भएको जनाएका छन् । 

ती सेवा अवरुद्ध हुँदा नौ हजार ७०० भन्दा बढीलाई असर परेको छ भने एक हजार ६०० भन्दा बढी विस्थापित भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्दीप र ब्रिज इन्टरनेशनलबिच पाँच वर्षको सम्झौता

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ ।  पोखरामा आयोजित ...

पूर्वमुख्यमन्त्री राजेन्द्र राईद्वारा रोस्ट्रमको माइक फाल्ने प्रयास

विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रममा रहेको माइक फाल्ने प्रयास गरेका छन्। प्रतिपक्षी सांसदहरूको विरोधका ...

विभिन्न राजनीतिक दलका ट्रेड युनियनमा आबद्ध २० कर्मचारीको दुर्गममा ठाउँमा सरुवा

काठमाडौं । सरकारले राजनीतिक दल निकट ट्रेड युनियनसँग आबद्ध रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ। ती सबै कर्मचारी नायब सुब्बा सरहका रहेको ब...

पूर्वगृहमन्त्री सुधन गुरुङको बयान आज पनि जारी

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको छानबिनका लागि गठित न्यायिक समितिले मंगलबार उनको बयान लिएको छ। समिति स्...

विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्‍को चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छन्। आर्थिक सर्वेक्षण प्रस्...

सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, सरकारको कुल लगानी करिब ७ खर्ब ९८ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्...

नेपालको अर्थतन्त्र ६६ खर्ब ९ करोड पुग्यो, उपभोगको हिस्सा ९०.३ प्रतिशत

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुस...

अर्थतन्त्र ३.८५ ले बढ्ने अनुमान, पूँजीगत खर्च कमजोर नै रहेको अर्थमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च अपेक्षाअनुसार वृद्धि हुन नसकेको स्वीकार गरेका छन्। ...

इजरायलमा २३ सय नेपाली कामदारको माग

काठमाडौँ। इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सह...

संसदमा नेपाली काठ प्रयोगबारे सांसद निशा डाँगीको प्रश्न: कुर्सीको काठ कहाँबाट आयात गरिएको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभामा सरकारी संरचनामा प्रयोग हुने फर्निचरमा प्रयोग गरिएको काठको स्रोतबारे प्रश्न उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending