काठमाडौं । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन्। काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन् । काठमाडौँमा पहिलो पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएको हो ।
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहसुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१, धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भएका छन् ।
स्वतन्त्र उम्मेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित भएको हो । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएका छन् । तीमध्ये १३३ पुरुष र तीन महिला छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १४:५२
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ । पोखरामा आयोजित ...
जेष्ठ १३ गते, २०८३ - १४:४४
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रममा रहेको माइक फाल्ने प्रयास गरेका छन्। प्रतिपक्षी सांसदहरूको विरोधका ...
जेष्ठ १३ गते, २०८३ - १४:३४
काठमाडौं । सरकारले राजनीतिक दल निकट ट्रेड युनियनसँग आबद्ध रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ। ती सबै कर्मचारी नायब सुब्बा सरहका रहेको ब...
जेष्ठ १३ गते, २०८३ - १४:२६
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको छानबिनका लागि गठित न्यायिक समितिले मंगलबार उनको बयान लिएको छ। समिति स्...
जेष्ठ १३ गते, २०८३ - १४:१०
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्को चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छन्। आर्थिक सर्वेक्षण प्रस्...
जेष्ठ १३ गते, २०८३ - १३:४८
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्...
जेष्ठ १३ गते, २०८३ - १३:३८
काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुस...
जेष्ठ १३ गते, २०८३ - १३:२७
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च अपेक्षाअनुसार वृद्धि हुन नसकेको स्वीकार गरेका छन्। ...
जेष्ठ १३ गते, २०८३ - १३:०९
काठमाडौँ। इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सह...
जेष्ठ १३ गते, २०८३ - १३:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभामा सरकारी संरचनामा प्रयोग हुने फर्निचरमा प्रयोग गरिएको काठको स्रोतबारे प्रश्न उ...



प्रतिकृया लेख्नुहोस्: