काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहजरुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिनसमेत आग्रह गरे।
अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै सांसद थापाले व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताए । उनले अमेरिकी डलरको सञ्चितिमा व्यवधान आउने खालका कुनै पनि आयात नगर्नेबारे सरकारले घोषणा गरेको खण्डमा नागरिकमा समेत विश्वास पैदा हुने बताए ।
उनले हेलिकप्टर, मरिच, केराऊ, कुनै पनि सामान आयात नगर्नेतर्फ सरकार लाग्नुपर्ने स्पष्ट पारे। आयात रोकेर मात्रै नहुने भएकाले निर्यात बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने सांसद थापाको भनाइ छ । हरेक कुरालाई प्रमाणित गर्ने तरिकाले सरकार अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्ने सांसद थापाको भनाइ छ ।
सांसद थापाले काठमाडौँ उपत्यकाको फुटपाथ विस्तार, निर्माण, पुनःस्थापनालगायत विषयलाई सरकारले सङ्केत गरेकामा धन्यवाद दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १४:५२
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ । पोखरामा आयोजित ...
जेष्ठ १३ गते, २०८३ - १४:४४
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रममा रहेको माइक फाल्ने प्रयास गरेका छन्। प्रतिपक्षी सांसदहरूको विरोधका ...
जेष्ठ १३ गते, २०८३ - १४:३४
काठमाडौं । सरकारले राजनीतिक दल निकट ट्रेड युनियनसँग आबद्ध रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ। ती सबै कर्मचारी नायब सुब्बा सरहका रहेको ब...
जेष्ठ १३ गते, २०८३ - १४:२६
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको छानबिनका लागि गठित न्यायिक समितिले मंगलबार उनको बयान लिएको छ। समिति स्...
जेष्ठ १३ गते, २०८३ - १४:१०
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्को चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छन्। आर्थिक सर्वेक्षण प्रस्...
जेष्ठ १३ गते, २०८३ - १३:४८
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्...
जेष्ठ १३ गते, २०८३ - १३:३८
काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुस...
जेष्ठ १३ गते, २०८३ - १३:२७
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च अपेक्षाअनुसार वृद्धि हुन नसकेको स्वीकार गरेका छन्। ...
जेष्ठ १३ गते, २०८३ - १३:०९
काठमाडौँ। इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सह...
जेष्ठ १३ गते, २०८३ - १३:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभामा सरकारी संरचनामा प्रयोग हुने फर्निचरमा प्रयोग गरिएको काठको स्रोतबारे प्रश्न उ...



प्रतिकृया लेख्नुहोस्: