काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।
पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसदहरूले बैठकमा अवरोध गरेका हुन् ।
जनताको हितमा गरिने हरेक काममा कमिशन मात्र देख्ने दुर्नियत देख्दा साउनको महिनामा दृष्टि गुमाएको गोरुले सँधै हरियो मात्रै देख्छ भन्ने उखानलाई स्मरण गराउँछु भन्दै बडूले टिप्पणी गरेपछि एमाले सांसदले विरोध गरेका हुन् ।
एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आयल निगम सरकारले निजी क्षेत्रलाई बेच्न लागेको भन्ने कुराको जवाफ दिन रोष्ट्रममा आएका मन्त्री बडूले ओलीलाई लक्षित गर्दै भने, ‘आफू प्रधानमन्त्री हुँदा कमिशननै कमिशनको चास्नीमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिशन बाहेक के नै देख्न सक्छ र सोच्न सक्छ’ भनेपछि एमालेका सांसदले विरोध जनाएका थिए ।
त्यसपछि सभामुख अग्नि सापकोटाले मन्त्रीलाई बोल्न रोष्ट्रममा बोलाएपछि पनि मन्त्री बडू झन् आक्रोशित बनेका थिए । उनले रोष्ट्रमबाटै ओलीको आरोप झुठा आधारहीन आरोप भएको बताए ।
संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको छ । एमालेले बजेट अधिवेशनको पहिलो दिनमात्रै ८ महिना लामो संसद् अवरोध हटाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: