जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुट्न सबैसँग आग्रह गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित पदाधकारीको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै पूर्वउपसभापति निधीले नगरको विकासमा सबैले आफ्नो दलीय आस्थाभन्दा माथि उठेर सहमति, सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
दलीय पूर्वाग्रह नराखी सबैलाई समेटेर नगरको समग्र विकास गर्ने ठोस योजनाका साथ अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्नुहुँदै उहाँले त्यसमा आफ्नो तर्फबाट हुनसक्ने पहल र प्रयत्न गरिरहने प्रतिबद्धता व्यक्तसमेत गरे।
जनकपुरधाममा सडक, रेल र विमान सेवाको पूर्वाधार तयार भइसकेकाले यसको विकास र विस्तारमा ध्यान दिन नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्नुहुँदै उहाँले यसका लागि दीर्घकालीन, अल्पकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए ।
जनकपुरधामलाई भारतको कोलकातासँग जोड्न सकिए जनकपुरधामको धार्मिक, सांस्कृतिक, व्यावसायिक र पर्यटनलगायतका क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका निधीले अयोध्याबाट जनकपुरधामसम्म निजी कम्पनीले सिधै विमान उडान गर्ने तयारी गरिरहेको जानकारीसमेत दिए ।
उनले जनकपुरबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन भइसकेको र जनकपुरधामदेखि अयोध्यासम्मको सडकलाई चार लेनमा स्तरोन्नतिको कामसमेत अघि बढीसकेकाले जनकपुरधामको धार्मिक, सांस्कृतिक विकासले थप गति लिने विश्वास व्यक्त गरे।
मुलुकको धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटन विकासका लागि हिमाल, पहाड र तराई–मधेसलाई सडक सञ्जालमा जोड्नुपर्नेमा जोड दिँदै जनकपुरधामभित्र रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका योजना बनाउन सुझावसमेत दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: