Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु : प्रमुख महर्जन

खबरडबली संवाददाता

ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

महानगर प्रमुखका रूपमा निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै प्रमुख महर्जनले अहिलेको महानगरमा हिजोको उपमहानगरपालिका, कार्यविनायक नगरपालिका र गाविस गाभिएर बनेका वडा विकासमा केही पछि रहेको उल्लेख गर्नुभयो । सबै वडामा सामञ्जस्यता ल्याउन थपिएका वडामा बढी बजेट विनियोजन गर्ने योजना रहेको उहाँले बताउनुभयो । वडास्तरीय बजेट र विभिन्न तहबाट जाने अनुदान रकम साबिक गाविसभन्दा बढी विनियोजन हुने उहाँले बताउनुभयो ।

प्रमुखका रुपमा पदभार ग्रहणसँगै प्रमुख महर्जनले तीन महत्वपूर्ण निर्णय गरेका छन। वडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने उनले बताए। उनका अनुसार विकेन्द्रीकरण कार्यान्वयनका लागि यो पहल गरिएको हो । अहिलेसम्म चक्रपथबाहिर फोहर सङ्कलन गर्न नसकेकाले अहिले महानगरले ट्रक किनेर सङ्कलन सुरु गरिने निर्णय भएको प्रमुख महर्जनले बताए ।  तीन सातापछि चक्रपथ बाहिर तालिका बनाएर नियमित फोहर सङ्कलन गरिने उहाँले बताए। राजश्व सङ्कलन अनलाइनबाट गर्न प्रक्रिया बढाइने पनि निर्णय भएको छ । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आफ्नो प्राथमिकतामा मुख्य विकास, समृद्धि र सुशासनयुक्त महानगरपालिका बनाउने बताए । आफूले उपप्रमुखका रुपमा जेजे जिम्मेवारी छ नीति र विधिमा बसेर पारदर्शी रुपमा काम गर्ने उनको प्रतिबद्धता छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending