म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ ।
बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले विसं २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल भत्काउँदा जोखिमयुक्त बनाएको तटीय क्षेत्रमा अस्थायी संरचना बनाउन सुरुआत गरेको हो ।
कटान जोखिममा रहेको कालीगण्डकी नदी किनारमा ठूला ढुङ्गा थुपारेर ‘बोलर स्किङ’ बनाउन थालेका बेनी –७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
“बर्खायाम सुरु भएको र कालीगण्डकीमा पानीको सतह बढ्न थालेकाले तत्काल स्थायी संरचना बनाउन सम्भव नभएपछि आउँदो बर्खामा थप क्षति हुन नदिन बोलर स्किङ बनाउन पहल गरिएको हो”, उनले भने, “नगरपालिकाले उपलब्ध गराएको ठूला ढुङ्गा परियोजनाका ठेकेदारले कटान गरेको ठाउँमा लगेर बजारतर्फ बाढी पस्न नदिने संरचना बनाउन थालेका हुन् ।”
बाढीले करिब १६० मिटर दूरीमा भत्काएको तटबन्धन मर्मत र पुनःनिर्माण सुरु नहुँदा बाढीले थप कटान गरेर बजारमा क्षति हुने जोखिम बढाएको थियो । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले गत माघ तेस्रो सातादेखि बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्धन सुरु गरेको थियो ।
कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढिसकेकाले सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा तत्काल पक्की संरचना बनाउन जोखिम देखिएकाले बर्खाको बाढी रोक्न अस्थायी संरचना बनाउन थालिएको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए ।
बाइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस तेस्रो साता रु नौ करोड ४५ लाखमा रौताह–बिएनबी कन्ट्रक्शनले ठेक्का सम्झौता गरेको थियो । कालीपुलमा ८० मिटर पक्की र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगे पनि जेसिज भवन क्षेत्रको कालीगण्डकी किनारमा काम हुनसकेको थिएन ।
सो क्षेत्रमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्ने सम्झौता भए पनि कालीगण्डकी नदी डाइभर्सन गराउने विषयमा पर्वत–बेनी र म्याग्दी–बेनीको विवाद सुल्झाउन ढिलाइ भएपछि निर्माण कम्पनीले कालीपुल र मङ्गलाघाट क्षेत्रमा काम गरेका थिए । बेनीका नगरप्रमुख सुरत केसीले कालीगण्डकी र म्याग्दी नदीको दोभानको बगरबाट ठूला ढुङ्गाको व्यवस्थापन गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: