Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

खोटाङमा एमाले पहिलोबाट तेस्रोमा सिमित

खबरडबली संवाददाता

खोटाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार नेकपा (एमाले) दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा सीमित भएको छ ।

 विसं २०७४ को चुनावमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यस पटकको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐँसेलुखर्क गाउँपालिकामा प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको हो । अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, रावाबेँसी गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा ऐँसेलुखर्क र बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको थियो । 

यस वर्षको निर्वाचनमा सत्तारुढ चार दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले ठूलो क्षति बेहोरेको हो । विसं २०७४ मा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यस पटक छ प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ । 


कांग्रेसले यस पटकको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावाबेँसी गाउँपालिकामा प्रमुख तथा ऐँसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको हो । यसअघि कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख तथा उपप्रमुख, एँेसेलुखर्क र बराहपोखरीमा प्रमुख तथा साकेलामा उपप्रमुख जितेको थियो । 

अघिल्लो निर्वाचनमा एक प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यस पटक दुई प्रमुख, दुई उपप्रमुख र २३ वडाध्यक्ष जितेको छ । विसं २०७४ मा साकेला गाउँपालिका प्रमुख जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको छ । 

खोटेहाङ गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सत्तारुढ चार दलबीच चुनावी गठबन्धन थियो भने साकेला गाउँपालिकामा एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो । भर्खरै स्थापना भएको नेकपा ९एकीकृत समाजवादी०ले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । चुनावी तालमेलमा सहभागी एकीकृत समाजवादीले सत्तारुढ चार दलीय गठबन्धनको तर्फबाट बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको हो । 

यस्तै जनता समाजवादी पार्टीले पनि एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । कांग्रेस बाहेक तीन दल नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादीबीच चुनावी तालमेल भएको केपिलासगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट जसपाले उपप्रमुख जितेको हो । अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एउटा वडाध्यक्ष जितेको राप्रपाले यस पटकको निर्वाचनमा एउटा सदस्यसमेत जित्न सकेन ।  खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका चन्द्रबहादुर थापा विजयी भएका छन् । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐँसेलुखर्क, खोटेहाङ, जन्तेढुङ्गा, बराहपोखरी र रावाबेँसी गाउँपालिकामा कांग्रेससहितको चुनावी गठबन्धन भएको थियो । हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, दिप्रुङ चुइचुम्मा र साकेलामा भने कांग्रेस एक्लै प्रतिस्पर्धामा थियो । कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको पालिकामा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी मात्रको चुनावी तालमेल भएको थियो । कतिपय ठाउँमा तालमेल नमिल्दा गठबन्धनले पनि हार बेहोरेका छन् । 

गठबन्धन भएको ऐँसेलुखर्क गाउँपालिकामा गाउँपालिका प्रमुखका साझा उम्मेदवार माओवादी केन्द्रका श्रीबहादुर राई र रावाबेँसी गाउँपालिकामा उपप्रमुखका साझा उम्मेदवार लीलानारायण श्रेष्ठ पराजित भएका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा १९ वटा राजनीतिक दलले भाग लिएका थिए । एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८७ हजार ८८ जना मतदाताले मतदान गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending