Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत

खबरडबली संवाददाता

धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले १६ हजार ६९ मत  प्राप्त गरे । 

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार एमालेबाट उम्मेदवार रहनुभएकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन्। सामाजिक अभियान्ता साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । 

उनले राजनीतिक दलप्रति नकारात्मक सन्देश फैलाउँदै एक्लै घरदैलो गरेका थिए। एक्लै भए पनि मुद्दा जायज भएको देखेर धराने जनताले उनलाई लोकप्रिय मत दिएर जिताएका छन् । उनले विसं २०७४ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा ४२२ मत ल्याएका थिए। विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि धरानमा वामपन्थीले एक छत्र शासन गर्दै आएका थिए । पहिलो पटक स्वतन्त्र उम्मेदवार नगर प्रमुखमा निर्वाचित भएका छन्। 

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थी उम्मेदवार नै लगातार प्रमुख भएका छन् । विसं २०४६ को जनआन्दोलनपछि संवैधानिक राजतन्त्रको पालामा २०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उम्मेदवार नै प्रमुखमा हुनुभएको थियो । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जितेका थिए । उनी दुवै जना एमालेबाट चुनाव जितेका थिए। वामपन्थी जीतलाई निरन्तरता दिए। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले एमालेबाट जितेका थिए। धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा ६२ हजारले मतदान गरेका थिए । 

उपप्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनबाट अइन्द्रविक्रम बेघा निर्वाचित भएका छन्। बीस हजार ५१० मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोलाई दुई हजार ९०४ मतान्तरले पराजित गरेका छन्। इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् । अघिल्लो २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखमा  १४  वडा जितेको एमाले यसपटक निकै खुम्चेको छ । २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ नं वडा विजयी भएको छ । प्रमुख र उपप्रमुखमा मत नआए पनि वडाध्यक्षमा उत्कृष्ट मतले एमाले विजयी भएको छ । 

कांग्रेसले १, ३, ९, ११, १६, १८, २० नं विजयी भएको छ । १७ नं वडामा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहनुभएका मनोज भट्टराई विजयी भएका छन् । गत निर्वाचनमा पनि भट्टराई विजयी भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएको छन् । ...

गण्डकीमा कांग्रेसले संसद बहिष्कार गर्ने निर्णण

पोखरा । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा  संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय द...

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौँ । अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ । इजरायलले इरानमाथि जवाफी आक्रमण गरेको खबर आइरहेका बेला अस्ट्रेलियाले आफ्ना ...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै

महोत्तरी । महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो पटक बर्दिवास–१ म रु एक अर्बमाथिको लगानीमा सुव...

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौँ । नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११...

एमालेको प्रतिनिधि परिषद्को बैठकमा देउवालाई निम्तो

काठमाडौं। नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी हुन् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त...

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौँ । सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सन्दीपले ३९ बल...

नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र सिंह आउट

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दिपेन्द्र सिंह ऐरीको रुपमा पाँचौं...

दिल्लीबाट आएको विमानको सिटमा भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।  बुधबार रति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको...

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कुशल मल्लको रुपमा चौथो विकेट गुमाएक...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies