Khabar Dabali २२ असार २०७९ बुधबार | 6th July, 2022 Wed

जिससका लागि दाङमा कांग्रेसको एकल बहुमत

Krishi bikash bank
खबरडबली संवाददाता

दाङ । दाङमा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २०  प्रमुख र उपप्रमुख छन् । दश स्थानीय तहमध्ये दाङमा नौवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर  पदभार ग्रहण गरिसकेका छन् । तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी छ । 

नतिजा आएका नौ स्थानीय तहबाटै जिल्ला समन्वय समितिमा कांग्रेसको स्पस्ट बहुमत देखिएको हो । कांग्रेसले नौ स्थानीय तहमध्ये  पाँच  प्रमुख र आठ उपप्रमुखमा विजयी हासिल गरेको छ । एघार जना मतदाता भए बहुमत पुग्नेमा कांग्रेसले मात्रै १३ प्रमुख, उपप्रमुख जितिसकेको छ । लमही नगरपालिकासहित दङ्गीशरण, शान्तिनगर, बबई र राजपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको कांग्रेसले राप्ती, बङ्गलाचुली र गढवामा उपप्रमुखमात्रै जितेको हो ।

एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो । जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसदले 'बंक' गर्दा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार...

निर्दोष सावित भएपछि शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् । बुधबार संसद्‍ बैठकपछि बाहिर निस्कि...

प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आयोगले माग्यो १० अर्ब

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर...

एउटा होइन हजारौं छानबिनका लागि तयार छुः अर्थमन्त्री शर्मा

मलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा हो

अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उ...

को-को छन् अर्थमन्त्री शर्मामाथि छानविन गर्न बनेको समितिमा ?

समितिलाई १० दिनको समयसीमा

अर्थमन्त्री शर्माले बोल्न थालेपछि एमाले सांसद बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विशेष समय लिएर बोल्न थालेपछि नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेका छन् । बुधबारको बैठकम...

फेरि हवाई भाडा बढ्यो, अब काठमाडौं-धनगढी १७ हजार

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै पुनः हवाई भाडा बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँ...

विप्लवको अभिव्यक्ति: न्यायाधीशलाई घरबाट थुतेर कुट्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले हिंसात्मक अभिव्यक्ति दिएका छन् ।बुधबार राजधानीमा आयोजित पार्टी धु्रविकरण तथा ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page