जुम्ला । जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । दुई तहमा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ ।
उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दुई हजार ४०३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाही दुई हजार ३४१ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसले हिमा, कनकासुन्दरी गाउँपालिकामा उपाध्यक्ष र चन्दननाथ नगरमा उपप्रमुख जितेको हो ।
त्यस्तै माओवादीले तिला, सिंजा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसहित जित हासिल गरेको छ । तातोपानी, पारारासी गाउँपालिकाको उपाध्यक्ष पनि माओवादीले जितेको हो । नेकपा एकीकृत (समाजवादी) पार्टीले जिल्लाको गुठीचौर गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ ।
विसं २०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र पाँच उपाध्यक्ष जितेको थियो । एमालेले तिला गाउँपालिको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । जिल्लामा अहिले एमालेले आफ्नो विरासत गुमाएको छ ।
यसैबीच जिल्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर लक्ष्मण शाहीले पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहणलगत्तै अध्यक्ष शाहीले गाउँपालिकाका सम्पूर्ण घरपरिवारका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गर्नुभएको छ । ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, गरिब विपन्न, अपाङ्गता भएका तथा असहाय व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको शाहीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - १७:०८
नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।...
फाल्गुन १२ गते, २०८२ - १६:५४
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...
फाल्गुन १२ गते, २०८२ - १६:५०
काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नि...
फाल्गुन १२ गते, २०८२ - १६:४३
काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजै...
फाल्गुन १२ गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीका ९३ लाख ६४ ह...
फाल्गुन १२ गते, २०८२ - १६:२३
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा नि...
फाल्गुन १२ गते, २०८२ - १६:०३
निर्माण व्यवसायीलाई भने- 'डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँध्ने हो’
फाल्गुन १२ गते, २०८२ - १५:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्र सम्भावनाअनुसार उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बता...
फाल्गुन १२ गते, २०८२ - १५:४६
काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को ब...
फाल्गुन १२ गते, २०८२ - १५:२४
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै म...



प्रतिकृया लेख्नुहोस्: