Khabar Dabali २२ असार २०७९ बुधबार | 6th July, 2022 Wed

बेलकोटगढीको प्रमुखमा एमालेलाई दोब्बर मतले पछि पार्दै माओवादी निर्वाचित

Krishi bikash bank
खबरडबली संवाददाता
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन्। 
 
वैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २२२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्ररमण खनालले छ हजार ७४९ मत ल्याए ।
 
उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहालले १० हजार ७६६ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रुपा सापकोटाले सात हाजर २७४ मत ल्याए।
 
बेलकोटगढीमा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख लिएर पालिका तहमा दुई पार्टीबीच तालमेल गरेको थियो । उक्त पालिकामा यसअघि स्थानीय तह निर्वाचन २०७४ को चुनावमा नगर प्रमुखसहित दशवटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।
 
यसपटक पालिकातहमा गठबन्धन भए पनि वडातहमा भने दलहरुबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । पालिकाको तेह्रमध्ये वडाध्यक्ष पदमा सात वडामा कांग्रेसका उम्मेदवार, चारमा एमाले र दुईवटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् । बेलकोटगढीको अन्तिम नतिजा आएसँगै नुवाकोटमा रहेका सबै बाह्रवटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटमा सातवटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेस, चारमा माओवादी र एकवटामा  एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
 
यस्तै, उपप्रमुख तथा उपाध्यक्षतर्फ आठ पालिकामा माओवादीका उम्मेदवार र चारवटा पालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बाह्र पालिका रहेको नुवाकोटमा प्रमुख तथा अध्यक्ष एवं उपप्रमुख तथा उपाध्यक्ष चौबिस पदमध्ये समग्रमा बाह्र पदमा माओवादी, एघार पदमा कांग्रेस र एक पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर २ गते गर्न प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री...

थप दुई जनामा हैजा, अहिलेसम्म २१ जनामा पुष्टि

काठमाडौं । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाँ...

कोरोना सङ्क्रमण बढ्दै, आज एकैदिन ११३ सङ्क्रमित

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्व...

सांसदले 'बंक' गर्दा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार...

निर्दोष सावित भएपछि शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् । बुधबार संसद्‍ बैठकपछि बाहिर निस्कि...

प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आयोगले माग्यो १० अर्ब

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर...

एउटा होइन हजारौं छानबिनका लागि तयार छुः अर्थमन्त्री शर्मा

मलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा हो

अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उ...

को-को छन् अर्थमन्त्री शर्मामाथि छानविन गर्न बनेको समितिमा ?

समितिलाई १० दिनको समयसीमा

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page