Khabar Dabali २२ असार २०७९ बुधबार | 6th July, 2022 Wed

बाँकेको नरैनापुरमा जसपा विजयी

Krishi bikash bank
खबरडबली संवाददाता

बाँके । स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएको हो । 

अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गरेका छन् । शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजय हुँदा निकटम प्रतिस्पर्धी मौर्यले तीन हजार ६८५ मत ल्याएका थिए। नेकपा एमालेकी पद्मावती यादवनीले तीन हजार १२२ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए। 

उनका अनुसार, उपाध्यक्षमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरेका छन् । श्रीवास्तवले तीन हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी अतिकुनले तीन हजार ६७२ मत ल्याएका छन् । तेस्रो स्थानमा नेकपा एमालेका पञ्चराम यादवले दुई हजार ८०४ मत प्राप्त गरेका छन्। 

गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा कांग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा कांग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर २ गते गर्न प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री...

थप दुई जनामा हैजा, अहिलेसम्म २१ जनामा पुष्टि

काठमाडौं । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाँ...

कोरोना सङ्क्रमण बढ्दै, आज एकैदिन ११३ सङ्क्रमित

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्व...

सांसदले 'बंक' गर्दा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार...

निर्दोष सावित भएपछि शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् । बुधबार संसद्‍ बैठकपछि बाहिर निस्कि...

प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आयोगले माग्यो १० अर्ब

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर...

एउटा होइन हजारौं छानबिनका लागि तयार छुः अर्थमन्त्री शर्मा

मलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा हो

अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उ...

को-को छन् अर्थमन्त्री शर्मामाथि छानविन गर्न बनेको समितिमा ?

समितिलाई १० दिनको समयसीमा

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page