काठमाडौं । ललितपुर महानगरपालिका १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्। १० पटक वडाध्यक्षमा निर्वाचित भइसकेका व्यञ्जनकार ११ औँ पटकमा हार व्यहोर्न बाध्य भए।
नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग २८२ मतले पराजित भए। नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत मात्रै ल्याए।
व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाएका थिए। आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलो पटक चुनावी हार व्यहोरेका हुन्। नरसिंहको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको हो।
त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई हराएका थिए। स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए।
त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएनन्। वडावासीहरूले पनि यो जिम्मेवारी अरूलाई सुम्पन चाहेनन्।
पञ्चायत कालका वडाध्यक्ष व्यञ्जनकारको लोकप्रियता एकदमै थियो। उनलाई बहुदल आएलगत्तै २०४९ सालको चुनावमा लड्न नेपाली कांग्रेसले टिकट दियो। त्यसबेला पानि उनले निर्विरोध वडाध्यक्षको पद हासिल गरे।
२०५४ सालमा उनलाई कांग्रेसले टिकट दिएन। कुनै पार्टीले टिकट नदिएता पनि उनलाई चुनाव लड्न केसैले रोकेन। उनले स्वतन्त्र उम्मेदवार बनेर फेरि चुनाव जिते। त्यो चुनावमा बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो।
२०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए। तर, ११ औँ पटक वडाध्यक्ष बनेर जनताको सेवा गर्ने योजना अधुरै भएकोे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०७९ - ०९:४४
'नागरिकता विधेयक पारित गर्नुपर्ने अभिभारा छ'
आषाढ़ १६ गते, २०७९ - ०९:३१
चितवन । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । ...
आषाढ़ १६ गते, २०७९ - ०९:०१
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम ...
आषाढ़ १६ गते, २०७९ - ०८:५५
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्र...
आषाढ़ १६ गते, २०७९ - ०८:४५
काठमाडौं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलेको छ । भारतले धौलीगंगाको बाँध खोल्दा महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाल...
आषाढ़ १६ गते, २०७९ - ०८:३३
नवलपुर । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरास...
आषाढ़ १६ गते, २०७९ - ०८:२६
काठमाडौँ । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा बिहीवार फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिनेछन्। धेरैको चासो र...
आषाढ़ १६ गते, २०७९ - ०८:२०
काठमाडौँ । भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेक...
आषाढ़ १६ गते, २०७९ - ०७:५३
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सह...
आषाढ़ १६ गते, २०७९ - ०७:४२
काठमाडौं । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताह...
प्रतिकृया लेख्नुहोस्: