काठमाडौं । ललितपुर महानगरपालिका १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्। १० पटक वडाध्यक्षमा निर्वाचित भइसकेका व्यञ्जनकार ११ औँ पटकमा हार व्यहोर्न बाध्य भए।
नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग २८२ मतले पराजित भए। नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत मात्रै ल्याए।
व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाएका थिए। आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलो पटक चुनावी हार व्यहोरेका हुन्। नरसिंहको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको हो।
त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई हराएका थिए। स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए।
त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएनन्। वडावासीहरूले पनि यो जिम्मेवारी अरूलाई सुम्पन चाहेनन्।
पञ्चायत कालका वडाध्यक्ष व्यञ्जनकारको लोकप्रियता एकदमै थियो। उनलाई बहुदल आएलगत्तै २०४९ सालको चुनावमा लड्न नेपाली कांग्रेसले टिकट दियो। त्यसबेला पानि उनले निर्विरोध वडाध्यक्षको पद हासिल गरे।
२०५४ सालमा उनलाई कांग्रेसले टिकट दिएन। कुनै पार्टीले टिकट नदिएता पनि उनलाई चुनाव लड्न केसैले रोकेन। उनले स्वतन्त्र उम्मेदवार बनेर फेरि चुनाव जिते। त्यो चुनावमा बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो।
२०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए। तर, ११ औँ पटक वडाध्यक्ष बनेर जनताको सेवा गर्ने योजना अधुरै भएकोे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: