Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई/दुई, जसपा एकमा विजयी

खबरडबली संवाददाता

धनुषा । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा एमालेले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ । 

एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको छ भने धनुषाको कुनै पनि पालिकाको प्रमुख–उपप्रमुख जित्न नसकेको नेकपा माओवादी केन्द र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक स्थानीय तहमा अग्रता बनाएका छन् ।

जारी मतगणना परिणामअनुसार धनुषाको धनुषाधाम, मिथिला, नगराइन नगरपालिका, हंशपुर र बटेश्वर गाउँपालिकामा कांग्रेसले अग्रता बनाएको कांग्रेसले धनौजी र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितिसकेको छ । यस्तै धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको एमालेले क्षीरेश्वरनाथ, मिथिला विहारी नगरपालिकामा अग्रता लिएको छ । 

कांग्रेसको बिरासत भत्काउँदै जनकनन्दनी गाउँपालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले सहिदनगर, कमला नगरपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा अग्रता कायम गरेको छ । 

धनुषाधाम नगरपालिका प्रमुखमा कांग्रेसका बालेश्वर मण्डलले एक हजार ७२३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने एमालेका योगकुमार यादवले एक हजार ४८० मतका साथ पछ्याइरहनुभएको निर्वाचन अधिकृत चिरञ्जीवी गौतमले जानकारी दिए ।

मिथिला नगरपालिकामा चार हजार ४५० मतका साथ कांग्रेसका महेन्द्र महतोले अग्रता कायम गर्नुभएको छ भने एमालेका राजाराम महतोले तीन हजार ५९५ मतका उहाँलाई पछ्याइरहेका छन्। 

कांग्रेस नेता विमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका विनयकुमार यादवले दुई हजार १८८ मतका साथ अग्रता कायम गर्नुभएको छ भने एमालेका रामबाबु पंजियारले एक हजार ४७६ मतका साथ उनलाई पछ्याइरहेका छन्। 

त्यस्तै धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसका रामअशिष महतो दुई हजार ४५८ मतका साथ अग्रता लिनुभएको छ भने एमालेका श्यामसुन्दर महतोले एक हजार ३८८ मत ल्याएर उनलाई पछ्याइरहका छन्। 

हंशपुर गाउँपालिकामा कांग्रेसका प्रदीपकुमार यादवले एक हजार १३१ मतका साथ अग्रता लिनुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका रामज्ञान मण्डलले ५५४ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। 

मिथिला विहारी नगरपालिकामा एमालेका अनिलकुमार यादवले एक हजार ३०७ मतका साथ अग्रता बनाएका छन् छ भने माओवादी केन्द्रका सूर्यनारायण मण्डलले एक हजार ७ मतका साथ उनलाई पछ्याइरहेका छन् । 

विसं २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको सहिदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका दिनेशप्रसाद यादवले चार हजार ९७३ मतका साथ अग्रता लिनुभएको छ भने कांग्रेसका सुधीरकुमार गोइत दुई हजार ९३९ मतका साथ पछ्याइरहेको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिए । 

त्यहाँ निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार उदयकुमार यादवले दुई हजार ८४२ मतका साथ तेस्रो स्थानमा छन्। कमला नगरपालिकामा जनता समाजवादी पार्टीका पशुपति यादवले दुई हजार १०४ मतका साथ अग्रता लिनुभएको छ भने कांग्रेसका विशेश्वर यादवले एक हजार ७६३ मतका साथ दोस्रो स्थानमा छन्। 

मुलुककै सबैभन्दा होचो ठाउँका रूपमा परिचित धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जसपाका जयकुमार यादवले दुई हजार ६३९ मतका साथ अग्रता बनाउँदा कांग्रेसका रामबाबु यादव एक हजार ५५६ मतका साथ उहाँलाई पछ्याइरहेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकामा भने माओवादी केन्द्रले अग्रता बनाएको छ । 

माओवादी केन्द्रका दुर्गाबहादुर मल्ल ठकुरीले एक हजार २९२ मतका साथ अग्रता लिँदा राप्रपाका जकसन हमाल ठकुरीले एक हजार २०८ मतका साथ उनलाई पछ्याइरहेका छन्। 

मतगणनाका क्रममा धनुषाका अधिकांश स्थानीय तहमा कमजोर देखिएको लोसपाले सबैला नगरपालिकामा भने अग्रता कायम गरेको छ । त्यहाँ लोसपाका रामचन्द्रप्रसाद जैसवालले एक हजार ८०५ मतका साथ अग्रता लिनुभएको छ भने माओवादी केन्द्रका कारीराम यादवले एक हजार ७०७ मतका साथ पछ्याइरहेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending