Khabar Dabali ११ असार २०७९ शनिबार | 25th June, 2022 Sat

मकवानपुरको थाहा नगरपालिकामा माओवादी विजयी

Krishi bikash bank
खबरडबली संवाददाता

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । 

आज बिहान सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट प्रमुखमा र नेपाली कांग्रेसका भरत गोपाली उपप्रमुखमा निर्वाचित भएका हुन्। 

थाहामा खसेको कूल मत २३ हजार ५६ मध्ये विष्टले नौ हजार ७१९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अच्युतम ढकालले सात हजार ७७१ मत प्राप्त गरे। 

त्यस्तै उपप्रमुखमा कांग्रेसका भरत गोपालीले आठ हजार ६०७ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गरे। 

थाहा नगरपालिकामा रहेका कूल १२ वटा वडामध्ये माओवादी केन्द्रले छवटा वडामा जित निकालेको छ भने तीन–तीन वटा वडामा नेपाली कांग्रेस र एमाले विजयी भएका छन् । 

थाहा नगरपालिकामा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएर प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खिवाङ सिँचाई आयोजना अधुरै

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अधुरै रहेको छ । चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्म...

जनसंगठनहरू महंगीविरुद्ध आन्दोलनमा उत्रने

काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यवस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरूद्ध आन्दोलनमा उत्रने निर्णय...

एसपिपी अस्वीकार गरेपछि चीनले भन्यो : निर्णयको स्वागत गछौँ, हामी साथमै छौँ

काठमाडौं । उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ।  चिनियाँ विदेश म...

मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना, बाढीपहिरोबाट बच्न २४ घण्टे चेतावनी

काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।  जल तथा मौसम विज्...

पत्रकार सम्मेलन गर्दै रवी लामिछाने

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको...

माधव नेपाललाई मन्त्री झाक्रीको चेतावनी : छुट्टै पार्टी खोल्न नपरोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्री फेर्ने विवादले उग्र रूप लिएका छ।  एमालेबाट विद्रोह गर्ने बेलामा माधव नेपाललाई साथ बलियो साथ दिएको...

अफगानिस्तानमा हिमपात र चीसो मौसमका कारण १२ जनाको मृत्यु

काबुल । पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ।  च...

महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षी...

प्राकृतिक विश्व फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू

काठमाडौं । विश्वभरिका फोटोग्राफरहरूले न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगितामा भाग लिएका थिए। पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम ...

बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page