Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेसको अग्रता

खबरडबली संवाददाता

काठमाडौ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा नापितले तीन हजार ७०३ मत पाएका हुन् । उनलाई पछ्याउँदै नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले तीन हजार ४८५ मत प्राप्त गरेको  नगर निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेका कृष्णलाल बजगाइँले तीन हजार  १०६ मत पाएका छन् ।  नेकपा (माओवादी केन्द्र) का मधु (नीरज) केसीले  दुई हजार ८५ मतका साथ प्रतिस्पर्धामा छन्  । 

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठको अग्रता छ । उनले  पाँच हजार ५३४ मत पाएका छन् । राप्रपाकी विजयकुमारी वाइवाले दुई हजार ५४२ मत पाएक छन् । एमालेकी लक्ष्मी केसीले दुई हजार ३४० मतका साथ पछ्याएकी छन् । नेकपा मोवादीकी चण्डिका दङ्गालले दुई हजार १३२ मत पाएकी छन् । कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा १७ हजार १५० मत खसेको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिए  । हालसम्म १४ हजार ४३३ मतगणना सम्पन्न भएको छ । दुई हजार ७१७ मत गन्न बाँकी रहेको उनले सुनाए  । 

४ मा काँग्रेस र ७ मा राप्रपा विजयी

नगरपालिकाको वडा नं। ४ मा कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी भएको छ । कांग्रेसका सुनाबहादुर तामाङ नेतृत्वको समूह वडामा विजयी भएको हो । वडा नं। ७ मा राप्रपाका विष्णुप्रसाद श्रेष्ठ समूहसहित विजयी भएका छन् । श्रेष्ठ विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्ष विजयी भएका थिए ।  वडा नं १ एमाले, २ मा काँग्रेस, ३ मा माओवादी, ८ र ९ मा पनि कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् । 

अहिलेसम्म नगरपालिकाको सात वटा वडाको मतगणना सकिएको छ । नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ५ र ६ को अहिले मतगणना भइरहेको छ । आज बेलुकीसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यालयको तयारी छ । यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँच वटा वडा पनि एमालेले जितेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending