Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

'गठबन्धनकै पक्षमा जनलहर छ, एमालेले गरेको भ्रष्टाचार मतदाताले बुझ्नुपर्छ' (अन्तर्वार्ता)

खबरडबली संवाददाता

काठमाडौं । वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट शिव कट्टेल चुनावी मैदानमा छन्। 

उनी अहिले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। उनै कट्टेलसँग चुनावी कार्ययोजनाको बारेमा गरिएको कुराकानीको सम्पादित अंशः

तपाईलाई मेयरको रुपमा महालक्ष्मीका मतदाताले किन भोट दिने ? 

हामीले बिहान सात बजेदेखि ११ बजेसम्म घरदैलो गर्छौं। बेलुका टोलटोलमा भेटघाट र छलफल गरेर भोट मागेका छौं। आमजनताको घरदैलोमा पुगेर मत मागेका छौं। यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, मठमन्दिर, रोजगार लगायत क्षेत्रमा काम गर्ने आवश्यकता देखेका छौं।

यस क्षेत्रमा बाटो अस्तव्यस्त छ, त्यसलाई व्यवस्थित बनाउनुपर्ने छ। सहरको ढल व्यवस्थित नहुँदा समस्या भइरहेको छ, त्यसमा काम गर्न खोजेका छौं। एक घर एक धाराको अभियान अघि सारेका छौं।

हामी जति पनि आमाबुबा दिदीबहिनीको घरदैलोमा पुगेका छौं, त्यहाँ पूर्वाधारको विकास जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। यहाँको बेरोजगारी पनि उत्तिकै समस्या छ। नगरपालिकाबाट केही सिर्जनशील काम गर्न सकिन्छ भनेर काम गर्न खोजेका छौं।

तपाई यसअघिको चुनावमा पनि उम्मेदवार हुनुहुन्थ्यो, यसअघिको चुनावी प्रचार र अहिलेको चुनावी प्रचारमा के अन्तर पाउनु भयो?

त्यतिबेला मलाई छोटो समयमा पार्टीले जिम्मेवारी दिएको थियो। माओवादीबाट एकल उम्मेदवारी दिएकाले एकल प्रचारप्रचार मात्रै भयो। अहिले काँग्रेससहित गठबन्धनको उम्मेदवार भई प्रचारमा जुटेका छौं। त्यसले गर्दा जनतामा जान पनि मलाई सहज भएको छ।

काँग्रेस र हाम्रो सुमधुर सम्बन्ध कायम भइरहेको छ। काँग्रेस र माओवादीले १० वटै वडामा संयुक्त उम्मेदवारी दिएकाले यस पटकको चुनावमा फरक अनुभूति गरेका छौं।

यसअघि पनि काँग्रेससँग मेरो राम्रो सम्बन्ध थियो। गठबन्धन भएपछि झन् राम्रो सम्बन्ध हुँदै गएको छ र यो गठबन्धनलाई कम्तीमा ५ वर्ष, त्योभन्दा बढी समय लाग्नेगरी सोचिएको छ।

यसअघिका निर्वाचनभन्दा अहिले निर्वाचन आयोगले आचारसंहिता कडा बनाएको छ। त्यसैले यसअघिको निर्वाचनमा जस्तै चोक, गल्लीमा झण्डा, तुल, ब्यानर देख्न पाइँदैन। कताकता चुनावै आएको छैन कि जस्तो पनि हुन्छ तर, हामीले दैनिक घरदैलो र टोलमा भेटघाट र छलफल जारी राखेकाले चुनावी माहोल तातेको छ।

यस्तै यसपटक चुनावमा भर्चुअल प्रचारप्रसार बढी भएको छ। सामाजिक सञ्चालका भित्ताहरु रङ्गिएका छन्। तर चोक, गल्लीहरुमा रौनक हराएजस्तो भएको छ। सायद सूचना प्रविधिको क्रान्तिले ल्याएको परिवर्तन हुन सक्छ।

तपाईले मेयरको रुपमा उम्मेदवारी दिँदा कत्तिको चुनौतीको रुपमा लिनु भएको छ ?

राजनीतिमा चुनौती नै हुँदैन भन्ने होइन। उहाँहरु आ–आफ्नो पार्टीबाट उठ्नु भएको छ। काँग्रेस र माओवादीको संयुक्त गठबन्धनबाट मेयरमा म र उपमेयरमा लक्ष्मी महर्जन उठ्नुभएको छ। आमजनताले मूल्यांकन गर्नुपर्छ भन्ने लाग्छ।

किनभने अघिल्लो चुनावमा यो नगरपालिकामा एमालेले ९० प्रतिशत जित्यो तर, नगरपालिकाको अवस्था कहाँ पुग्यो भन्ने कुरा नगरवासीले राम्रोसँग बुझ्नु भएको छ। म कसैलाई आरोप लगाउने काम गर्दिनँ। उनीहरुले आरोप लगाएकाले गठबन्धन भएको पनि होइन। एमालेले गरेको भ्रष्टाचार र नगरको अस्तव्यस्ततालाई आममतदाताले राम्रोसँग बुझ्नु भएको छ।

तपाईहरु चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

अहिले यस नगरपालिकामा गठबन्धनकै पक्षमा माहोल देखिएको छ। यहाँका मतदाता र शुभचिन्तकले साँच्चिकै गठबन्धनलाई जिताउनु पर्छ भन्ने महसुस गर्नुभएको छ।

त्यो जनलहर र उत्साहले देखाएको पनि छ। त्यसले हामीमा पनि उत्साह र आत्मविश्वास बढाएको छ। जसले गर्दा हामी जितको नजिक छौं।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending