Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

'गठबन्धनकै पक्षमा जनलहर छ, एमालेले गरेको भ्रष्टाचार मतदाताले बुझ्नुपर्छ' (अन्तर्वार्ता)

खबरडबली संवाददाता

काठमाडौं । वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट शिव कट्टेल चुनावी मैदानमा छन्। 

उनी अहिले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। उनै कट्टेलसँग चुनावी कार्ययोजनाको बारेमा गरिएको कुराकानीको सम्पादित अंशः

तपाईलाई मेयरको रुपमा महालक्ष्मीका मतदाताले किन भोट दिने ? 

हामीले बिहान सात बजेदेखि ११ बजेसम्म घरदैलो गर्छौं। बेलुका टोलटोलमा भेटघाट र छलफल गरेर भोट मागेका छौं। आमजनताको घरदैलोमा पुगेर मत मागेका छौं। यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, मठमन्दिर, रोजगार लगायत क्षेत्रमा काम गर्ने आवश्यकता देखेका छौं।

यस क्षेत्रमा बाटो अस्तव्यस्त छ, त्यसलाई व्यवस्थित बनाउनुपर्ने छ। सहरको ढल व्यवस्थित नहुँदा समस्या भइरहेको छ, त्यसमा काम गर्न खोजेका छौं। एक घर एक धाराको अभियान अघि सारेका छौं।

हामी जति पनि आमाबुबा दिदीबहिनीको घरदैलोमा पुगेका छौं, त्यहाँ पूर्वाधारको विकास जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। यहाँको बेरोजगारी पनि उत्तिकै समस्या छ। नगरपालिकाबाट केही सिर्जनशील काम गर्न सकिन्छ भनेर काम गर्न खोजेका छौं।

तपाई यसअघिको चुनावमा पनि उम्मेदवार हुनुहुन्थ्यो, यसअघिको चुनावी प्रचार र अहिलेको चुनावी प्रचारमा के अन्तर पाउनु भयो?

त्यतिबेला मलाई छोटो समयमा पार्टीले जिम्मेवारी दिएको थियो। माओवादीबाट एकल उम्मेदवारी दिएकाले एकल प्रचारप्रचार मात्रै भयो। अहिले काँग्रेससहित गठबन्धनको उम्मेदवार भई प्रचारमा जुटेका छौं। त्यसले गर्दा जनतामा जान पनि मलाई सहज भएको छ।

काँग्रेस र हाम्रो सुमधुर सम्बन्ध कायम भइरहेको छ। काँग्रेस र माओवादीले १० वटै वडामा संयुक्त उम्मेदवारी दिएकाले यस पटकको चुनावमा फरक अनुभूति गरेका छौं।

यसअघि पनि काँग्रेससँग मेरो राम्रो सम्बन्ध थियो। गठबन्धन भएपछि झन् राम्रो सम्बन्ध हुँदै गएको छ र यो गठबन्धनलाई कम्तीमा ५ वर्ष, त्योभन्दा बढी समय लाग्नेगरी सोचिएको छ।

यसअघिका निर्वाचनभन्दा अहिले निर्वाचन आयोगले आचारसंहिता कडा बनाएको छ। त्यसैले यसअघिको निर्वाचनमा जस्तै चोक, गल्लीमा झण्डा, तुल, ब्यानर देख्न पाइँदैन। कताकता चुनावै आएको छैन कि जस्तो पनि हुन्छ तर, हामीले दैनिक घरदैलो र टोलमा भेटघाट र छलफल जारी राखेकाले चुनावी माहोल तातेको छ।

यस्तै यसपटक चुनावमा भर्चुअल प्रचारप्रसार बढी भएको छ। सामाजिक सञ्चालका भित्ताहरु रङ्गिएका छन्। तर चोक, गल्लीहरुमा रौनक हराएजस्तो भएको छ। सायद सूचना प्रविधिको क्रान्तिले ल्याएको परिवर्तन हुन सक्छ।

तपाईले मेयरको रुपमा उम्मेदवारी दिँदा कत्तिको चुनौतीको रुपमा लिनु भएको छ ?

राजनीतिमा चुनौती नै हुँदैन भन्ने होइन। उहाँहरु आ–आफ्नो पार्टीबाट उठ्नु भएको छ। काँग्रेस र माओवादीको संयुक्त गठबन्धनबाट मेयरमा म र उपमेयरमा लक्ष्मी महर्जन उठ्नुभएको छ। आमजनताले मूल्यांकन गर्नुपर्छ भन्ने लाग्छ।

किनभने अघिल्लो चुनावमा यो नगरपालिकामा एमालेले ९० प्रतिशत जित्यो तर, नगरपालिकाको अवस्था कहाँ पुग्यो भन्ने कुरा नगरवासीले राम्रोसँग बुझ्नु भएको छ। म कसैलाई आरोप लगाउने काम गर्दिनँ। उनीहरुले आरोप लगाएकाले गठबन्धन भएको पनि होइन। एमालेले गरेको भ्रष्टाचार र नगरको अस्तव्यस्ततालाई आममतदाताले राम्रोसँग बुझ्नु भएको छ।

तपाईहरु चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

अहिले यस नगरपालिकामा गठबन्धनकै पक्षमा माहोल देखिएको छ। यहाँका मतदाता र शुभचिन्तकले साँच्चिकै गठबन्धनलाई जिताउनु पर्छ भन्ने महसुस गर्नुभएको छ।

त्यो जनलहर र उत्साहले देखाएको पनि छ। त्यसले हामीमा पनि उत्साह र आत्मविश्वास बढाएको छ। जसले गर्दा हामी जितको नजिक छौं।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending