Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बुटवलमा गठबन्धन नेताहरुको एउटै स्वर: राजनीतिक स्थिरताकालागि गठबन्धन आवश्यक, कसले के भने ?

खबरडबली संवाददाता

बुटवल । पाँच दलीय गठबन्धनका नेताहरुले राजनीतिक स्थिरताका लागि गठबन्धन गर्नु अपरिहार्य रहेको बताएका छन् । बुटवलमा आज आयोजित बृहत् आमसभामा बोल्दै उनीहरुले राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धनको विकल्प नभएको बताएको हो । 

सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न र सुकुम्वासीलाई जग्गा वितरण गर्न गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । देशमा राजनीतिक स्थिरता कायम राख्न गठबन्धन बनेको बताउँदै उहाँले अदालत र संसद्लाई पङ्गुु बनाउने जस्ता काम गरेर सधैँ अस्थिरता ल्याउने प्रपञ्च रच्ने दललाई नागरिकले पाखा लगाउनुपर्नेमा जोड दिनुभयो । 

वरिष्ठ नेता पौडेलले राजा महेन्द्रले पनि राष्ट्रवादकै नाममा प्रजातन्त्रको हत्या गरेको स्मरण गर्दै केपी ओलीले पनि राष्ट्रवादको नाममा संसद् भङ्ग गर्ने काम गरेको आरोप लगाउनुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताए। “गठबन्धनको जग अहिलेको होइन, स्वर्गीय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले बसाल्नुभएको हो”, उनले भने “हामीले पार्टी कमजोर भएका कारण गठबन्धन बनाएका होइनाँै, राष्ट्रिय आवश्यकताका आधारमा बनाएका हौँ ।”

बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई भोट दिन नेता खाणले आग्रह गरे । उनले भने, “आदिवासी जनजाति र भूमिहीन नागरिकलाई बसोबासको व्यवस्था गर्नु हाम्रो दायित्व हो । सुकुम्वासीलाई जग्गा दिन्छु भन्नेले कति दिए दिएनन् त्यो तपाइँले मूल्याङ्कन गर्नुहोला ।”  गृहमन्त्रीसमेत रहनुभएका नेता खाणले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नु सबैको दायित्व भएको बताए।  

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पटकपटक संसद् विघटन गर्दा पनि बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताइन्।  उनले राजनीतिक स्थायित्व नचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताउँदै उनले नेकपा एमालेले जनतालाई झुक्याउने काम गरेको आरोप लगाए। “पानीजहाज, चुच्चे नक्सा र रेल ल्याउनेजस्ता सुन्दै रोमाञ्चकारी कुराले जनताको पेट भरिन्न”, उनले भनिन्, “वास्तविक धरातलमा उभिएर देश सहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनु अहिलेको आवश्यकता छ ।” 

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनलाई इमान्दारिताका साथ पालना गर्न सबैमा आग्रह गर। “कुरा गर्न छोडेर काममा लागौँ, गठबन्धनलाई अगाडि बढाउन सबै इमान्दार बनौँ”, उनले भने। 

नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनाल (बलदेव)ले विकास र परिवर्तनका लागि गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरे। उनले देशलाई सही बाटोमा अगाडि बढाउन गठबन्धनको विकल्प नभएको बताए।

कांग्रेसका तर्फबाट बुटवल उपमहानगरपालिकाका उप्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले बुटवलको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताए । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमाका प्रमुख पदका उम्मेदवार रामकृष्ण खाणले गठबन्धनको नेतृत्व आउने वित्तिकै स्थानीय तहको संरचना परिवर्तन गर्ने बताउँदै सबै किसिमका कर घटाउने प्रतिबद्धता जनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending