Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

बुटवलमा गठबन्धन नेताहरुको एउटै स्वर: राजनीतिक स्थिरताकालागि गठबन्धन आवश्यक, कसले के भने ?

खबरडबली संवाददाता

बुटवल । पाँच दलीय गठबन्धनका नेताहरुले राजनीतिक स्थिरताका लागि गठबन्धन गर्नु अपरिहार्य रहेको बताएका छन् । बुटवलमा आज आयोजित बृहत् आमसभामा बोल्दै उनीहरुले राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धनको विकल्प नभएको बताएको हो । 

सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न र सुकुम्वासीलाई जग्गा वितरण गर्न गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । देशमा राजनीतिक स्थिरता कायम राख्न गठबन्धन बनेको बताउँदै उहाँले अदालत र संसद्लाई पङ्गुु बनाउने जस्ता काम गरेर सधैँ अस्थिरता ल्याउने प्रपञ्च रच्ने दललाई नागरिकले पाखा लगाउनुपर्नेमा जोड दिनुभयो । 

वरिष्ठ नेता पौडेलले राजा महेन्द्रले पनि राष्ट्रवादकै नाममा प्रजातन्त्रको हत्या गरेको स्मरण गर्दै केपी ओलीले पनि राष्ट्रवादको नाममा संसद् भङ्ग गर्ने काम गरेको आरोप लगाउनुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताए। “गठबन्धनको जग अहिलेको होइन, स्वर्गीय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले बसाल्नुभएको हो”, उनले भने “हामीले पार्टी कमजोर भएका कारण गठबन्धन बनाएका होइनाँै, राष्ट्रिय आवश्यकताका आधारमा बनाएका हौँ ।”

बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई भोट दिन नेता खाणले आग्रह गरे । उनले भने, “आदिवासी जनजाति र भूमिहीन नागरिकलाई बसोबासको व्यवस्था गर्नु हाम्रो दायित्व हो । सुकुम्वासीलाई जग्गा दिन्छु भन्नेले कति दिए दिएनन् त्यो तपाइँले मूल्याङ्कन गर्नुहोला ।”  गृहमन्त्रीसमेत रहनुभएका नेता खाणले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नु सबैको दायित्व भएको बताए।  

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पटकपटक संसद् विघटन गर्दा पनि बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताइन्।  उनले राजनीतिक स्थायित्व नचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताउँदै उनले नेकपा एमालेले जनतालाई झुक्याउने काम गरेको आरोप लगाए। “पानीजहाज, चुच्चे नक्सा र रेल ल्याउनेजस्ता सुन्दै रोमाञ्चकारी कुराले जनताको पेट भरिन्न”, उनले भनिन्, “वास्तविक धरातलमा उभिएर देश सहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनु अहिलेको आवश्यकता छ ।” 

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनलाई इमान्दारिताका साथ पालना गर्न सबैमा आग्रह गर। “कुरा गर्न छोडेर काममा लागौँ, गठबन्धनलाई अगाडि बढाउन सबै इमान्दार बनौँ”, उनले भने। 

नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनाल (बलदेव)ले विकास र परिवर्तनका लागि गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरे। उनले देशलाई सही बाटोमा अगाडि बढाउन गठबन्धनको विकल्प नभएको बताए।

कांग्रेसका तर्फबाट बुटवल उपमहानगरपालिकाका उप्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले बुटवलको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताए । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमाका प्रमुख पदका उम्मेदवार रामकृष्ण खाणले गठबन्धनको नेतृत्व आउने वित्तिकै स्थानीय तहको संरचना परिवर्तन गर्ने बताउँदै सबै किसिमका कर घटाउने प्रतिबद्धता जनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending