Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

मारिऊपोलस्थित युक्रेन नियन्त्रित क्षेत्रमा 'रुसको पूर्णस्तरको हमला'

रुसद्वारा युद्धविरामको वाचा, जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघलाई जेलेन्स्कीको अपिल

खबरडबली संवाददाता

काठमाडौं । रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि 'कठिन रक्तपातपूर्ण लडाइँ' गरिरहेको बताएका छन्।

निरन्तरको हमलापछि रुसी फौज उद्योग क्षेत्र प्रवेश गरेको विवरण आएका छन्।

बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र आश्रय लिएर बसिरहेको ठानिएको छ।

स्टिल उद्योगमा रुसले हमला गरेको भन्ने विवरणहरूको बीबीसीले पुष्टि गर्न सकेको छैन।

कमान्डर डेनिस प्रोकोपेन्कोले टेलिग्राममा एउटा संक्षिप्त भिडिओ राख्दै लेखेका छन्: 'शत्रुको दबाब नियन्त्रणमा राख्न मेरा सेनाले मानवले गर्न सक्ने भन्दा ठूलो प्रयास गरिरहेको प्रति म गर्व गर्छु... यहाँको अवस्था निकै कठिन छ।'

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसङ्घलाई थप अपिल गरेका छन्।

'हाम्रा लागि सबै महत्त्वपूर्ण छन्। तिनीहरूलाई जोगाउन हामी तपाईँसँग मद्दत माग्छौँ' संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरससँग फोनमा कुरा गर्दै जेलेन्स्कीले भने।

युक्रेनी नेताले यसै साता मानिसहरूको उद्धार गरी सफलतापूर्वक अन्यत्र लगेकोमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रसलाई धन्यवाद दिए।

यो साताको सुरुमा १०० भन्दा बढी मानिसको उद्धार गरिएको थियो। अन्यत्र क्षेत्रबाट थप उद्धार पनि भएका थिए।

युक्रेनका उपप्रधानमन्त्रीले मारिऊपोलसहित दक्षिणपश्चिम सहरका ३४४ लाई उद्धार गरेर बुधवार तुलनात्मक रूपमा सुरक्षित मानिएको जापोरिझिया सहर लगिएकव बताएकी छन्।

उक्त सहर अझैसम्म युक्रेनी नियन्त्रणमै रहेको छ। टेलिग्राममा गरिएको एउटा पोष्टमा उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सहायताका लागि राष्ट्रसङ्घ र रेडक्रसलाई धन्यवाद दिएकी छन्।

उनले भनेकी छन्, 'यिनीहरू मारिऊपोल, मनहुश, बेर्दियाङ्स, टोकमाकका महिला, बालबालिका र वृद्धवृद्धा हुन्... हामी यो कठिन समयमा उनीहरूलाई सहयोग गर्छौँ र त्यस्तो सहयोगमा अत्यन्तै आवश्यक रहेको मनोवैज्ञानिक सहयोग पनि रहन्छ।'

युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घकी संयोजक उस्नट लुब्रानीले उद्धार गरेर अन्यत्र लगिएको पुष्टि गरेकी छन्।

रुसद्वारा युद्धविरामको वाचा

रुसले भने एजोभास्टल स्टिल उद्योगबाट सर्वसाधारणको उद्धार गरेर अन्यत्र लैजान दिनका लागि बिहीवार युद्धविरामको कार्यान्वयन आफूले गर्ने जनाएको छ।

रुसी सेनाले उद्योगबाहिरको मार्ग मे महिनाको ५, ६ र ७ तारिखमा मस्को समय अनुसार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ने जनाएको छ।

यो समयमा रुसी फौजले गतिविधिहरू नगर्ने र त्यहाँ रहेका फौजलाई दूरीमा रहेको सुरक्षित ठाउँमा फिर्ता गरिने सेनाले अनलाइनमा पोष्ट गरेर जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending