Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८० शुक्रबार | 1st December, 2023 Fri

यी पाँच संगठनद्वारा केपी सरकारका किसान विरोधी निर्णयहरु उल्ट्याउन सरकारसँग माग (विज्ञप्ति सहित)

खबरडबली संवाददाता

काठमाडौँ । गठबन्धनमा आबद्ध किसान संगठनहरुले-  'किसानमारा भूमि बैँकको व्यवस्था खारेज गर । केपी ओली सरकारका प्रतिगामी र किसान विरोध निर्णयहरु उल्ट्याऊ । किसानमुखी नीति, कार्यक्रम र बजेत निर्माण गर ।' भन्ने नाराका साथ  तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका किसान संघ/संगठनहरु, राष्ट्रिय किसान संजाल तथा कृषि र भूमिसम्बन्धी नागरिक संगठनहरुको तीव्र विरोधका बाबजुद बलमिच्याइँका आधारमा लामो समय ४९–९९ वर्षसम्मका लागि ठुलो कर्पोरेट घराना, दलाल पुँजीपतिहरु र विदेशी बहुराष्ट्रिय निगमहरुलार्य दिने, विदेशबाट फर्केका युवाहरुले स्वदेश फर्केर आफ्नै जमिनमा खेतीमात गर्न वा जमिन बेचबिखन गर्न नपाउने जस्ता विभिन्न किसानमारा र भूमिसुधारविरोधी व्यवस्थालाई अविलम्ब गर्न नेपाल सरकारसमक्ष मागहरु राख्दै प्रेस विज्ञप्ति जारी गरेको छ । 

विज्ञप्तिमा भनिएको छ– "ओली सरकारले किसानको चाहना विपरीत नेपाली जनताको स्वास्यमाथि खेलवाड गर्दै प्रतिबन्धित अनुवंश परिवर्तित बिउ र खाधान्नलाई खुला गर्ने, गिरीबन्धु टि–स्टेटसहित देशका विभिन्न हदबन्दीभन्दा बढीको जग्गा गैरकानुनीरुपले हत्याउने र भूमाफियाहरुको कब्जामा पुर्याउने तथा मलखाद आयतमा भ्रष्टाचार गर्ने लगायतका विभिन्न किसानविरोधी निर्णयहरु गरेकोले ओली सरकारका ती निर्णयहरुलाई खारेज गर्दे नेपाली कृषि र किसानहरको रक्षा गर्ने नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।" 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईयूको ‘कालोसूची’बाट हटेन नेपाल

काठमाडौँ।  युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची (कालोसूची)बाट नेपाललाई नहटाउने भएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । ...

एनएसएल : साविक विजेता धनगढी एफसीको जित, बुटवलको लगातार दोस्रो हार

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको बिहीबार भएको खेलमा धनगढी एफसीले जित हासिल गरेको छ। साविक उपविजेता धनगढी एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंग...

जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराइने प्रधानमन्त्रीको प्रतिबद्धता

यूएई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।  ...