काठमाडौं । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुन: हमलाहरू थालेको बताएका छन्।
न्याश्नल गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा "सबै किसिमका अस्त्रहरूले" आक्रमण गरिएको बताएका हुन्।
आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए।
तर कमाण्डरका अनुसार "स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरू" रहेका छन्।
युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किए लगत्तै उक्त उद्योगमा रुसले पुन: बमबारी थालेको बताएका हुन्।
दक्षिणी बन्दरगाह सहरमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो।
सोमवार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिन्छ जसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन्।
स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह सोमवार युक्रेन नियन्त्रित जापोरिझिया सहरमा पुग्ने ठानिएको थियो। तर उक्त सहरमा रहेकी बीबीसीकी लोरा विकरका अनुसार उद्धार प्रयासमा ढिलाइ भएको थियो।
के कारण ढिलाइ भएको भन्ने स्पष्ट नरहेको बताइएको छ। गाडीका लस्करहरू जाने क्रम मै रहे पनि ती बसहरूले सयौँ माइलको दूरी पार गर्नुपर्नेछ र केही भागमा सडक कच्ची छ। ती बसहरूले बाटोमा थुप्रै रुसी जाँचचौकी पार गर्नुपर्नेछ।
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रसले सर्वसाधारणलाई उद्धार गरेर अन्यत्र लानका लागि सहायता गरेका थिए।
रुसले उद्धार गरिएका केहीलाई मस्को समर्थित पृथकतावादीले नियन्त्रणमा राखेको गाउँमा पुर्याइएको जनाएको छ। तर सरकारी सञ्चारमाध्यमले भने उनीहरूले चाहेमा युक्रेनको भूभागमा यात्रा गर्नसक्ने जनाएका थिए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब १०० सय जना जापोरिझिया सहरतर्फ गइरहेको भन्ने समाचारको स्वागत गरेका थिए। मारिऊपोलबाट १४० माइल उत्तर-पश्चिममा उक्त सहर रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: