Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

एकीकृत समाजवादीेदेखि माओवादीसम्म आयोगको कारवाही सुचीमा

आचारसंहिता प्रतिकूलका निर्वाचन सामग्री जफत

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । 

आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो ।

आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भए÷गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न÷ नगराउन निर्देशन दिई सचेत गराएको छ ।

आयोगले ती दललाई अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न÷नगराउन निर्देशन दिई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धमा आयोगबाट यही वैशाख १६ गते निर्णय र आदेश भएको थियो । 

सो क्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले काठमाडौँको भृकुटीमण्डपमा गत चैत २६ गते गरेको जनसभामा निर्वाचन आचारसंहिता, २०७८ को दफा १२ को को खण्ड (ड) विपरीत उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३ बाई ३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न प्रयोग गरेको, प्रचारप्रसार तथा आमसभा र जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गरेको भयो भन्ने सूचना प्राप्त भई आयोगमा प्राप्त फोटो समेतबाट सो देखिएको विषयमा आयोगबाट सचेत गराउने आदेश भएको हो ।

सो पार्टीले गरेको सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकाले सचेत गराउने निर्णय भएको आयोगका प्रवक्ता एवं शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले  नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोष्टर तयार गरी, प्रचारप्रसार गरिएको भन्ने कुरा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सोबारे आयोगको निर्णयमा भनिएको छ, “कुनै निकायको कुनै पदमा कार्यरत राष्ट्रसेवकका लागि नियुक्त भई पदासीन भएको व्यक्तिले गरेको कार्य हितकारी हो होइन भन्ने कुराको परीक्षा नेपाली नागरिक, सरकार र त्यससम्बन्धी अधिकार भएको उपल्लो निकायले गर्ने प्रणाली राज्य सञ्चालनमा हुने गर्दछ । 

जुनसुकै निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी कुनै दल विशेष, व्यक्ति विशेष र कुनै अवधिको सरकारको मात्रै हुने भन्ने अर्थमा चित्रित गरिनु जायज र मनासिव विषय हो भन्न सकिँदैन । राष्ट्रसेवकले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्दाको असल र उत्प्रेरक भूमिका त्यस्तो व्यक्ति र राज्यको गौरवको विषय हुन सक्दछ तर सो कार्यलाई कुनै दल विशेषको मात्रै निजी प्रतिष्ठा र एकल प्रयासका रुपमा लिन सकिँदैन ।”

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीले मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा पनि आचारसंहिता विपरीत सामग्री राखिएको ठहर गर्दै सचेत गराएको छ । सो दलले आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग पनि गराएको थियो । 

यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद शशाङ्क कोइरालाले गत प्रतिनिधिसभा निर्वाचनमा आफूबाट भएको खर्चबारे निर्वाचनमा गरेको खर्चको विवरण र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनुभएको सम्बन्धमा पनि सचेत गराइएको छ ।

निर्वाचन सामग्री जफत

निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झन्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल (करिब १०० थान), टिसर्ट १० थान, दलको ब्यानर तीन थान जफत गरेको छ । 

राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने आयोगले जनाइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: